आज :

रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

  • अनलाइन डबली

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन विजयी भएका छन् । पूर्व अर्थमन्त्री समेत रहेका उनले २७ हजार ४ सय ६० मत लिएर विजयी भएका हुन् ।
१५ हजार ४ सय ५२ को फराकिलो मतान्तरमा उनी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. सुदनकुमावलीले १२ हजार ८ मत प्राप्त गरेका छन् ।
रास्वपाका बालराम थापाले १० हजार ८ सय ९४ मत ल्याए । नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९ सय ३३, नेकपा माओवादीका चुडामणी वलीले ३ हजार ७ सय १४ मत ल्याएका छन् ।
उनले जिल्लाबाट ह्याट्रिक गरेका हुन् । २०७४ र २०७९ को चुनावमा पनि रोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal