आज :

रास्वपाले मतदाताको म्यान्डेट अनुसार काम गरेपछि विजयी र्याली मनाउने

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै किसिमको विजय र्‍याली नगर्ने भएको छ ।

रास्वपा उपसभापति डिपि अर्यालले आफ्ना उम्मेदवारलाई एक भिडियो सन्देश जारी गर्दै अबिरजात्रा र र्‍याली नगर्न भनेका छन् ।

रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको निर्देशन रहेकाले अब मतदाताको म्यान्डेट अनुसार काम गरेपछि विजयी र्याली मनाउने अर्यालले बताएका छन् ।

आफूहरूलाई काम गर्नका लागि जनताले यो उल्लेख्य मत दिएको बताउँदै अर्यालले जनताले दिएको म्यान्डेट पूरा भएपछि  जनताको घरदैलोमा पुगेर धन्यवाद ज्ञापन गर्ने पनि बताए ।

निर्वाचन हुनुको पृष्ठभूमिमा भएको जेनजी आन्दोलन र मध्यपूर्वको घटनालाई ध्यानमा राख्दै रास्वपाले विजय उत्सव नमनाउने भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal