आज :

विजयी भएपछि रञ्जुले भनिन् : रियल फाइट अब सुरु हुन्छ

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रञ्जु न्यौपाने विजयी भएकी छन् ।
विजय सुनिश्चित भएपछि उनले पत्रकार सम्मेलन गर्दै मतदातालाई धन्यवाद ज्ञापन गरेकी छन् । उनले भनिन्, ‘यो निर्वाचन विशेष परिस्थितिमा भएको हो । उम्मेदवार र पार्टीले विशेष रणनीति लिएका थियौं । मतदाताले पनि विशेष रुपमा प्रतिक्रिया दिनुभएको स्पष्ट देखियो । ३५–३६ वर्षदेखि बारम्बार मतदाता नेपाली नागरिकलाई धोका दिनेहरुलाई ढोका बन्द गरिदिन्छौं भनेर मतदाताले भनिदिनुभयो । यो हाम्रो लागि निकै सुखद कुरा हो ।’
न्यौपानेले महत्वपूर्ण जित हासिल भएकाले अब काम गरेर देखाउनैपर्ने बताइन् । उनले रियल फाइट अब सुरु हुने भन्दै विवेकशील राजनीतिको जीत भएको बताइन् ।
उनले भने, ‘यो जित हाम्रा लागि चुनौतीपूर्ण पनि छ । यस्तो महत्वपूर्ण जित हासिल भएकाले अब काम गरेर देखाउनैपर्छ । रियल फाइट त अब सुरु हुँदैछ । काठमाडौं–१ का हरेक मतदातालाई कृतज्ञता व्यक्त गर्न चाहन्छु । यो विवेकशील राजनीतिको पनि जीत हो ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal