
सिरहा । सिरहा–१ अन्तर्गत लहान नगरपालिका–१० नम्बर वडाको मतगणना सम्पन्न भएको छ । मतगणनाको प्रारम्भिक परिणाम अनुसार रास्वपाका बब्लु गुप्ता (घण्टी) अग्रस्थानमा रहेका छन् ।
प्राप्त विवरण अनुसार बब्लु गुप्ताले ८५० मत प्राप्त गरेका छन् । त्यस्तै राम सुन्दर चौधरी (रुख) ले १९६ मत र राम शंकर यादव (सूर्य) ले १२७ मत प्राप्त गरेका छन् ।
यस वडामा जम्मा १ हजार ९३३ मतदाता रहेकामा १ हजार २१७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।


अनलाइन डबली

