आज :

रौतहट ४ मा रास्वपाको दबदबा : गणेश पौडेल भारी मतान्तरले अगाडि, ऋषि धमलाको १० मत

  • अनलाइन डबली

रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सुरुवाती अग्रतालाई झन् बलियो बनाउँदै लगेको छ ।

पछिल्लो ५,०९२ मतको गणना सकिँदा रास्वपाका उम्मेदवार गणेश पौडेलले आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई निकै पछाडि छाडेका छन् ।

प्राप्त नतिजा अनुसार रास्वपाका गणेश पौडेलले २,७२५ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनाले ९८३ मत प्राप्त गरेका छन् । पौडेल र तिमल्सिनाबीचको मतान्तर १,७४२ पुगेको छ ।

त्यस्तै, नेकपाका रामकुमार भट्टराई ८८६ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा एमालेका रामजी साहले १२८ मत मात्र प्राप्त गरेका छन् ।

जनमत पार्टीका उम्मेदवार राम कल्याण राउत १७ मत, जसपाका उम्मेदवार राजकुमार दास तत्मा १२ मत र आम जनता पार्टीका उम्मेदवार ऋषिराज धमला १० मत प्राप्त भएको छ ।

गणना भएको कुल मतमध्ये २३५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिले गणना कार्य सुस्त तर सुरक्षित रूपमा अगाडि बढिरहेको छ । सुरुवाती रुझान हेर्दा यस क्षेत्रमा ‘घण्टी’ को प्रभाव निकै बलियो देखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal