आज :

काठमाडौं–३ मा १५ हजार ५९५ मत गणना, घण्टी अगाडि

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा जारी मतगणनाको पछिल्लो विवरण सार्वजनिक गरिएको छ । निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार हालसम्म १५ हजार ५ सय ९५ मत गणना भइसकेको छ ।
गणना गरिएको मतमध्ये ६९५ मत बदर भएको जानकारी दिँदै उनले विभिन्न दल तथा चुनाव चिह्नअनुसार प्राप्त मत सार्वजनिक गरिन् ।
उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्नले ६ हजार ५ सय ८४ मत प्राप्त गरेको छ । यस्तै बलिरहेको बिजुलीको चिम चुनाव चिह्नले ४ हजार २ सय २० मत ल्याएको छ ।
त्यसैगरी नेकपा (एमाले) ले १ हजार २ सय ९ मत प्राप्त गर्दा नेपाली कांग्रेसले २ हजार १ सय ९० मत ल्याएको छ । नेपाली कम्युनिष्ट पार्टीले १ सय ६५ मत प्राप्त गरेको छ भने हलो चुनाव चिह्नले २ सय ६५ मत पाएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिइन् ।
मतगणना जारी रहेको र बाँकी मतहरूको परिणाम आउँदै जाने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा उज्यालो नेपाल पार्टीबाट कुलमान घिसिङ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट निरज लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजु पाण्डे, नेपाली कांग्रेसबाट रमेश अर्याल तथा नेकपा (एमाले) बाट रामेश्वर फुयाँल चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal