आज :

होलीमा उच्छृङ्खलता गर्ने ६ जना पक्राउ, ४० विदेशी नम्बरका सवारी साधन नियन्त्रणमा

  • अनलाइन डबली

रौतहट । होली पर्वको अवसरमा मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति सुरक्षामा खलल पार्ने र निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कार्यमा संलग्नहरूमाथि रौतहट प्रहरीले निगरानी बढाएको छ ।

यसै क्रममा, होली मनाउने बहानामा मदिरा सेवन गरी उच्छृङ्खल र अराजक गतिविधि गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सार्वजनिक स्थलमा जथाभावी रङ दल्ने, होहल्ला गर्ने र सर्वसाधारणलाई सास्ती दिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

त्यसैगरी, आसन्न निर्वाचनको आचारसंहिता विपरीत सञ्चालन भइरहेका ४० वटा विदेशी नम्बरका सवारी साधनहरू पनि नियन्त्रणमा लिइएको छ । निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन जारी आचारसंहिता उल्लंघन गर्दै चलाइएका ती साधनहरूलाई विभिन्न सुरक्षा चेकजाँचका क्रममा समातिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप वस्यालले बताए ।

उनका अनुसार नियन्त्रणमा लिइएका ६ जना व्यक्ति र ४० वटै सवारी साधनका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । प्रहरीले चाडपर्वका बेला कानुन विपरीतका गतिविधि नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबैमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal