आज :

निर्वाचनको दिन पनि पर्यटन नरोकिने, हवाई यात्रुका लागि विशेष सुविधा

  • अनलाइन डबली

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते निर्वाचनको दिन पर्यटक तथा हवाई यात्रुको आवागमन सहज बनाउने विशेष व्यवस्था गरेको जनाएको छ ।

आयोगले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका यात्रु बोक्ने सवारी साधनलाई विशेष पास आवश्यक नपर्ने व्यवस्था गरेको जनाएको हो। यस निर्णयले निर्वाचनका दिन पनि नेपाल आउने पर्यटक र उडान यात्रुलाई सहज आवागमन सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देशको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार रहेकाले काठमाडौं उपत्यका हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकका लागि यो व्यवस्था महत्वपूर्ण मानिएको छ ।

पर्यटन व्यवसायीहरूका अनुसार निर्वाचनका कारण उडान यात्रु र पर्यटकको आवागमन प्रभावित हुने चिन्ता रहँदै आएको अवस्थामा आयोगको यो निर्णयले होटल, ट्राभल एजेन्सी र टुर अपरेटरहरूलाई राहत दिनेछ ।

आयोगले होटल वा घरबाट विमानस्थलसम्म यात्रु ल्याउने सवारी साधनलाई बिना पास सञ्चालन गर्न दिने व्यवस्था गरेको छ, जसले विदेशी पर्यटक, ट्रेकिङ समूह तथा व्यावसायिक यात्रुहरूलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यससँगै अत्यावश्यक सेवा, स्वास्थ्य, सञ्चार तथा आपूर्ति क्षेत्रका सवारी साधनलाई पनि सञ्चालनमा छुट दिइएको आयोगले जनाएको छ, जसले पर्यटन सेवा प्रणालीलाई निरन्तर सञ्चालनमा सहयोग पु¥याउने विश्वास गरिएको छ ।

पर्यटन क्षेत्रका सरोकारवालाहरूले निर्वाचन अवधिमा पनि यात्रु आवागमन सुनिश्चित गर्ने यस्तो व्यवस्था नेपाललाई ‘पर्यटकमैत्री गन्तव्य’को रूपमा सन्देश दिने बताएका छन् ।


Download All

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal