आज :

गोलबजार नगरपालिका–२ गुरु धाममा दुःखद घटना, करेन्ट लागेर एक जनाको ज्यान गयो

  • अनलाइन डबली

सिरहा । गोलबजार नगरपालिका–२ गुरु धाममा अत्यन्त दुःखद घटना घटेको छ । टिप्परको हाइड्रो लिक डाला उठाउने क्रममा ११ हजार भोल्टको हाई टेन्सन विद्युत् लाइनमा डाला छोइएपछि करेन्ट लागेर एक गुरुजीको ज्यान गएको हो ।

घटनाका अनुसार प्र–२–०१–००१ का ००४५ नम्बरको टिप्परका चालक सन्तोष कुमार साहले गाडीको डाला उठाउने क्रममा माथि रहेको हाई टेन्सन लाइनमा टच हुन पुगेको बताइएको छ। करेन्ट लागेसँगै गाडीमा आगो समेत लागेको स्थानीयले जानकारी दिएका छन् ।

घटनापछि स्थानीयवासी त्रसित बनेका छन् भने प्रहरी र सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ । शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको बताइएको छ ।

यस घटनाले विद्युत् लाइन नजिक काम गर्दा विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता पुनः एक पटक स्मरण गराएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal