आज :

तृत्व चयनमा जनताले विवेक प्रयोग गर्न सकेको छैन : श्रीराम गुरुङ

  • अनलाइन डबली

काठमाडौं । उज्यालो नेपाल पार्टीका नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार श्रीराम गुरुङले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
बुधबार बुढानिलकण्ठमा आयोजित आमसभालाई सम्बोधन गर्दै गुरुङले नेपाल प्राकृतिक स्रोत र सम्भावनाले सम्पन्न राष्ट्र भए पनि नेतृत्व चयनमा जनताले विवेक प्रयोग गर्न नसकेको टिप्पणी गरे ।
उनले भने, ‘हाम्रो देश प्रकृतिले धनी देश हो । हाम्रो देश सम्भावनाले भरिएको देश हो। तर अझै पनि हामी चिल्लो भाषणलाई र आफूले आफूलाई रोजगारी दिन नसकेको, जहिले बेरोजगार रहने व्यक्तिलाई नेता मानेर हिँडिरहेका छौं ।’
गुरुङले नीति निर्माण गर्ने सर्वोच्च निकायको गरिमा जोगाउनुपर्ने आवश्यकता औंल्याउँदै त्यसलाई खेलौनाको रूपमा प्रयोग गर्न नहुने बताए । ‘हाम्रो नीति निर्माण गर्ने, हाम्रो भाइबहिनीहरूको भविष्य निर्माण गर्ने सर्वोच्च स्थानलाई आज खेलौनाको रूपमा परिणत गरिँदैछ,’उनले भने ।
उनले मतदातालाई सही नेतृत्व चयन गरेर देशको विकास र समृद्धिका लागि अग्रसर हुन आग्रह गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal