आज :

नेपाली कांग्रेस रुकुम पश्चिमको १४ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक

  • अनलाइन डबली

सुर्खेत । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रुकुम पश्चिमले प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । मंगलबार खलङ्गास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार केसीले रुकुमेलीको शिर झुक्न नदिने बताए । १४ बुँदे प्रतिज्ञा पत्रमा राजनीतिक शुद्धीकरण र सम्भ समाज निर्माण, मौलिक विकास नीति, सुशासन, आधुनिक र प्रविधिमैत्री शिक्षा, स्वास्थ्यमा पहुँच, मर्यादित कृषि र सम्मानित किसानका पक्षमा काम गर्ने बताइएको छ ।

पर्यटन, जडीबुटी र पूर्वाधार, बसाइसराइ नियन्त्रण, सुरक्षित सडक र भौतिक पूर्वाधार, बिजुली, पानी र सफा वातावरण, स्थानीय तहमा ग्रामीण स्टोर, व्यावसायिक सिँचाइ प्रणाली, युवा सशक्तीकरण र करिअर काउन्सिलिङ र जलवायु अनुकूलन तथा पर्यावरण संरक्षणका विषयमा काम गर्ने प्रतिज्ञा गरिएको छ ।

राजनीतिलाई फोहोरी खेल भन्ने भ्रमलाई चिर्ने, राजनीतिक र सार्वजनिक संस्थानहरूको लोकतान्त्रीकरण गर्ने प्रतिज्ञा पत्रमा भनिएको छ । जिल्लाको मौलिकतामा आधारित विकास नीति अवलम्बन गर्ने, विकासलाई विपन्न नागरिकको गरिबी निवारण र जनजीविकासँग सिधै जोड्ने, समाजवाद आधारित लोकतान्त्रिक सुशासन लागू गर्ने, विगतका अनियमितताको निष्पक्ष छानबिन गर्ने, देशमा एकै शिक्षा नीति र एकै शिक्षा प्रणाली लागू गर्न पहल गर्ने, विद्यालयमा एआई र डिजिटल लर्निङ प्रविधि भित्र्याउने प्रतिज्ञा पत्रमा उल्लेख छ ।

कांग्रेस उम्मेदवार केसीले निर्वाचित भएको सय दिन भित्र आफ्नो व्यक्तिगत लगानीमा काठमाडौँमा एक जना स्वास्थ्य सहजकर्ताको व्यवस्था मिलाउने र उसले जिल्लाबाट जाने बिरामीहरूलाई अस्पताल भर्ना र उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाए । किसानलाई आधुनिक उद्यमीको पहिचान दिलाउने, किसानलाई पेन्सन र सामाजिक सुरक्षाको व्यवस्था, जिल्लालाई सुन्तला, आँप, केरा, किवी र कफी खेतीको विशिष्टीकृत पकेट क्षेत्र घोषणा गर्ने उल्लेख छ ।

यसका साथै स्यार्पू ताल, बुरालमष्ट मन्दिर र अन्य धार्मिक–प्राकृतिक स्थललाई जोडेर रुकुम पर्यटकीय सर्किट निर्माण गर्ने, जडीबुटीको प्रशोधन गरी रुकुमेली ब्रान्ड निर्यात गर्ने, सडक, शिक्षा, स्वास्थ्य र इन्टरनेट जस्ता सुविधाहरू गाउँमै फूर्याएर सहर केन्द्रित बसाइसराइ रोक्ने, भेरी नदीमा निर्माणाधीन पुललाई तत्काल सम्पन्न गर्न पहल गर्ने, केन्द्रीय प्रसारण लाइन वा सौर्य ऊर्जा मार्फत सबै घरमा बिजुली फू¥याउने काँग्रेसको प्रतिज्ञा पत्रमा भनिएको छ ।

जिल्लाका आठबिसकोटको राडी, चौरजहारीको चौफा, मुसिकोटको खलङ्गा, त्रिवेणीको झुल्नेटा, सानीभेरीको सिम्ली र बाँफिकोटको छिन खेतमा स्थानीय र वित्तीय संस्थाहरूको साझेदारीमा आधुनिक ग्रामीण स्टोर निर्माण गर्ने स्थानीय उत्पादनको बजारीकरण तथा रोजगारीमा टेवा फूर्याउने, एक घर एक धारा, बाह्रै महिना सिँचाइको सुविधा, जिल्लाका मावि र क्याम्पसमा नियमित करिअर काउन्सिलिङ कार्यक्रम सञ्चालन गर्ने, रोजगारी सूचना केन्द्रलाई लागु गर्ने, जलाधार संरक्षण लगायतका विषय पनि प्रतिज्ञा पत्रमा समेटिएका छन् ।

कार्यक्रममा निर्वाचन प्रचार प्रसार उपसमितिका संयोजक खड्कबहादुर डाँगीले सही नीति निर्माणका लागि योगदान दिने प्रतिज्ञा गरिएको बताए । कार्यक्रममा पार्टीका पूर्वकेन्द्रीय सदस्य एवम् समानुपातिक तर्फका उम्मेदवार मानबहादुर नेपाली, पूर्व राज्यमन्त्री गोपाल जीजंग शाह, कर्णाली प्रदेश समितिका सदस्य सीता ओली, जिल्ला सभापति प्रेम प्रकाश ओली, उप सभापति सुरतजंग मल्ल लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal