आज :

संस्कार र शैली बदल्न नसके राजनीति सुध्रिँदैन : विश्वप्रकाश शर्मा

  • अनलाइन डबली

विराटनगर । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली राजनीतिको सबैभन्दा ठूलो चुनौती संस्कार र शैलीको रुपान्तरण रहेको बताएका छन्।
सुनसरीको झुम्कामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनावी प्रतिस्पर्धालाई गालीगलौज र वैमनस्यतामा सीमित नगरी विचार, नीति र कार्यक्रमको आधारमा अघि बढाउनुपर्नेमा जोड दिए।
उनले आफूले विभिन्न सभामा सम्बोधन गर्दा कसैप्रति व्यक्तिगत आक्षेप नलगाएको उल्लेख गर्दै राजनीतिक मञ्चलाई आरोप–प्रत्यारोपको अखडा बनाउनु गलत संस्कार भएको बताए। ‘निर्वाचन दुस्मनी मोल्ने मैदान होइन, विचार र प्रतिस्पर्धाको अभ्यास हो,’ उनले भने, ‘काँग्रेस प्रेम, सहिष्णुता र सामाजिक सद्भावको राजनीतिमा विश्वास गर्छ।’
उपसभापति शर्माले जनतालाई ‘गर्छु’ भन्ने भाषणभन्दा ‘गरेको काम’ हेरेर मूल्यांकन गर्न आग्रह गरे। इतिहासमा मुलुक संकटमा पर्दा काँग्रेसले जिम्मेवारी बहन गर्दै निकास दिएको स्मरण गराउँदै उनले आगामी निर्वाचनमा विवेकपूर्ण निर्णय गर्न मतदातालाई अपिल गरे।
उनले आफ्नो धारणा स्पष्ट पार्दै फेवा तालमा डुंगा सयरको प्रसंग सुनाए—रहरले डुंगा चलाउन खोज्दा बीचमा हावाहुरी आएपछि अनुभवी चालकलाई नै जिम्मा दिनुपरेको उदाहरण प्रस्तुत गर्दै देश सञ्चालन जस्तो गम्भीर जिम्मेवारी अनुभव र क्षमतासँग जोडिएको विषय भएको बताए।
शर्माले ‘जेनजी आन्दोलन’पछि काँग्रेसभित्र नीति र विधानमै सुधार गरिएको दाबी गरे। राष्ट्रपति एक कार्यकाल र प्रधानमन्त्री दुई कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्था विधानमा समावेश गरिएको उल्लेख गर्दै उनले यसलाई संस्थागत रुपान्तरणको संकेतका रूपमा व्याख्या गरे। साथै, निर्वाचनपछि पनि दलहरूबीच राष्ट्रिय मुद्दामा सामूहिक छलफल र सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए।

कार्यक्रममा सुनसरी क्षेत्र नम्बर २ का काँग्रेस उम्मेदवार राजीव कोइराला, पूर्व केन्द्रीय सदस्य राविव ढुंगाना, कोशी प्रदेश सदस्य सिजन गुरु

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal