आज :

पत्रकारले उम्मेदवारको प्रचारप्रसार वा कसैको पक्ष विपक्षमा नकारात्मक टिप्पणी गर्न नपाइने

  • अनलाइन डबली

काठमाडौँ ।निर्वाचन आयोगले पत्रकारले आफ्नो सामाजिक संजालबात  राजनैतिक दलका उम्मेदवारको प्रचारप्रसार , पक्ष/ विपक्षमा नकारात्मक टिप्पणी गर्न गरेको बिषयमा ध्यानआकर्षण भएको जनाएको छ  ।

आयोगले आज एक सुचना निकालेर सबैमा  पत्रकार आचारसंहिता बिपरित गतिविधि नगर्न अपिल गरेको छ ।

यस्तो छ अपिल – 

२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा कतिपय  पत्रकार/सन्चारकर्मीले प्रयोग गर्ने सामाजिक सञ्जालबाट कुनै दल विशेष तथा उम्मेदवारको प्रचारप्रसार एवं मत दिन आह्वान गर्ने, कसैको पक्ष विपक्षमा नकारात्मक टिप्पणी एवं दुष्प्रचार गर्ने, कसैको एकपक्षीयरूपमा प्रचारप्रसारलाई निरन्तर प्रश्रय दिइएका सामग्रीप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ।

पत्रकार आचारसंहिता, २०७३ को दफा १४ मा काउन्सिलले पत्रकार एवं सञ्चार माध्यमले प्रयोग गर्ने (सञ्चालन गर्ने) सामाजिक सन्जालमा प्रवाह भएका सामग्रीको प्रवृति अध्ययन गर्न सक्ने व्यवस्था छ। सोही आधारमा काउन्सिलले आचारसंहिताको विशेष अनुगमन गर्ने कममा पत्रकारले प्रयोग गर्ने सामाजिक सञ्जालको प्रयोगको समेत प्रवृत्तिगत अध्ययन/अनुगमन गरिरहेको छ। अनुगमनका कममा पत्रकार आचारसंहिता, २०७३ को दफा ४(३), ४(६) र निर्वाचन आचारसंहिता, २०८२ को दफा २५(१) (ख), (च), (ठ) उल्लङ्घन हुने गरी कुनै दल विशेष तथा उम्मेदवारको प्रचारप्रसार एवं मत दिन आल्यान गर्ने, एकपक्षीय प्रचारप्रसारलाई प्रश्रय दिदै सामाजिक सन्जालमा पोष्ट, सेयर, अपिल गर्ने, कसैकों पक्ष वा विपक्षमा सन्देश प्रवाह गर्ने गरेको र यस्तो प्रवृति बढ्दै गएको देखिएको छ ।

यस्ता कतिपय पत्रकार/सञ्चारकर्मीका विषयमा निर्वाचन आयोगमा उजुरी परी त्यहाँबाट समेत अनुगमन एवं कारबाहीका लागि पत्राचार भइआएको छ। आचारसंहिता प्रतिकूल देखिएकालाई काउन्सिलले नोटिसमा लिइ अभिलेखीकरण गरिएको छ भने उजुरी आएका कतिपय विषयमा सम्बन्धित पत्रकार / सञ्चारकर्मीलाई सचेत गराइएको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्षरूपमा सम्पन्न हुने वातावरण बनाउन तटस्थ भूमिका निर्वाह गर्नु हामी सबैको जिम्मेवारी र दायित्व हो। निर्वाचनजस्तो संवेदनशील घडीमा आमसञ्चार माध्यम र पत्रकार जगतबाट कुनै दल विशेष वा उम्मेदवारको पक्षमा मत दिन आह्वान गर्ने, अपिल गर्ने, एकपक्षीय प्रचारप्रसारलाई प्रषय दिने, कसैप्रति गरिएको द्वेषपूर्ण अभिव्यक्तिलाई स्थान दिने, मिथ्या सूचना/भ्रामक टिकाटिप्पणी गर्ने तथा त्यस्ता सामग्रीलाई सामाजिक सञ्जालमा पोष्ट गर्ने, सेयर, स्पोन्सर्ड, कमेन्ट प्रतिकमेन्ट गर्ने, लाइभ स्ट्रिमिङ, ट्याग, मेन्सन गर्ने, पक्ष वा विपक्षमा कुनै सन्देश प्रवाह गर्ने कार्यले आमसञ्चार माध्यम र पत्रकारिताको विश्वसनियतामा असर पर्ने र आचारसंहिता प्रतिकूल हुने हुँदा त्यस्ता कार्य नगर्न/नगराउन एवं पत्रकारिताको पेसागत मर्यादा, जिम्मेवारी एवं उत्तरदायित्वको ख्याल गर्न प्रेस काउन्सिल पत्रकार/सञ्चारकर्मीलगायत सम्बद्ध सबैमा अपिल गर्दछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal