आज :

संसद् भित्रबाट निकाले पनि जनताको मनबाट निकाल्न नसक्ने रविको दाबी

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सङ्घीय संसद् भित्रबाट निकालेपनि जनताको मनबाट निकाल्न नसकेको दाबी गरेका छन् । झापा २ मा पुगेका सभापति लामिछानेले जनताको आदेश भन्दा पनि ‘बा’को आदेश ठूलो भएको उल्लेख गर्दै संघीय संसद् भित्रबाट निकालेपनि जनताको मनबाट निकाल्न नसकेको बताए ।

‘जनताको आदेश भन्दा र संसद्मा ‘बा’को आदेश ठुलो भयो,’ उनले भने, ‘दुई घण्टामा सूचना टाँसेर मलाई गलहत्त्याएर उहाँले सङ्घीय संसद् भित्रबाट निकाल्नु भयो । तर जनताको मनबाट निकाल्न सक्नु भएन् ।’

उनले दलको आदेश सर्वपरी मानेर जनाताको आवाजलाई सदनबाट बन्द गर्ने मानिस आज कुन अनुहार लिएर भोट मागिरहनु भएको छ भन्दै प्रश्न गरेका छन् । ‘दलको आदेश सर्वपरी मानेर नेपाली जनताको आवाजलाई सदनबाट बन्द गर्ने र मानिस आज कुन अनुहार लिएर भोट मागिरहेको छन् मलाई थाहा छैन,’ उनले भने ।

उनले भिजिट भिसाको छानबिन गर्न माग गर्दै रास्वपाका २१ जना सांसदलाई घाँटी न्याँकेर निकालेको बताए । ‘संसद् नियमावलीले स्पष्ट भन्छ, थुनामा नरहेको मान्छे मुद्दाको किनारा लागेको छैन । तर थुनामा छैन भने उसको सांसद पद निलम्बन हुँदैन भनेर । संसद् नियमावली १०० प्रतिशत संसद्ले सदर गरेको डकुमेन्ट हो । संसदका लागि बनाएको कानुन हो । त्यो सदर गरिएको डकुमेन्ट त्यही थियो’, उनले भने ।

सभापति लामिछानेले आफु इन्दिरा राना मगर पक्षमा खडा भएको दाबी गरे । उनले भने, ‘म इन्दिरा राना मगरको पक्षमा खडा भएको छु । गर्वका साथ खडा भएको छु ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal