आज :

वसन्तपुरमा ठडियो चीर, सुरु भयो फागु पर्व

  • बुद्धशरण शाही

काठमाडौं । फागु पर्व सुरु भएको जनाउ दिन काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएको छ । मंगलबार बिहान ७ बजेर ३०  मिनेटको साइतमा विधिपूर्वक चीर ठड्याइएको हो ।

वसन्तपुरमा चीर ठड्याएपछि काठमाडौं उपत्यकासहित देशभर फागु  पर्व सुरु भएको मानिन्छ । वसन्तपुरमा चीर ठड्याइसकेपछि हर्ष बढाइँ गरिएको थियो । साथै सहभागीहरुबीच रंगीबिरंगी अबिर दलेर खुसीयाली मनाइएको थियो ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म काठमाडौँमा फागु तराइमा अर्को दिन होली पर्व मनाउने गरिन्छ । यस वर्ष होलीको मुख्य दिन काठमाडौंलगायत पहाडी जिल्लाहरुमा फागुन २६ गते र तराई मधेसका जिल्लाहरुमा फागुन २७ गते सार्वजनिक विदा दिइएको छ ।

रंगीचंगी कपडाहरु बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal