आज :

धादिङमा बस दुर्घटना : मृत्यु हुनेको संख्या १९ पुग्यो

  • अनलाइन डबली

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
दुर्घटनामा परी घाइते भएका २५ जनाको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

गम्भीर घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । हाल १४ जना घाइतेको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा, १० जनाको कलंकीस्थित नेशनल मेडिकल कलेजमा र १ जनाको मलेखुस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

ट्रमा सेन्टरमा १४ जनाको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचार भइरहेकामा चिनियाँ नागरिक मिसि हाउ, एन्जी शेर्पा, विपिन मानन्धर, पुजा फुयाल, सोमप्रसाद मल्ल, प्रदीप लामिछाने छन् ।

यस्तै, ट्रमा सेन्टरम सचिन्द्र सुनार, नोर्बु पाल्देन, स्वर्णीमा खत्री, मानबहादुर थापा, सलिना परियार र सुकुमाया श्रोष्ठको उपचार भइरहेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग१ख १४२१ नम्बरको बस आज बिहान करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गको सडकबाट ३ सय मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal