आज :

धुनषामा आचारसंहिता विपरित टाँसिएका करीब २० हजार निर्वाचन प्रचार सामग्री हटाइयो

  • अनलाइन डबली

काठमाडौं । धनुषा जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम नगर क्षेत्रभित्र उम्मेदवारहरुले आचारसंहिता विपरित विभिन्न ठाउँमा टाँसेका निर्वाचन प्रचार सामग्री हटाएको छ ।

कार्यालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार-प्रसारका लागि विभिन्न ठाउँमा आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको हो ।

सार्वजनिकस्थल, विद्युत्का पोल, सरकारी भवन तथा सडक छेउछाउमा आचारसंहिताविपरीत टाँसिएका सामग्री हटाएको हो ।

उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्र बनाउका लागि धनुषाका विभिन्न स्थानमा पर्चा, पम्पलेट अत्यधिक मात्रामा प्रयोग गरिएको पाइएको थियो । बजार क्षेत्र, चोक, सार्वजनिक भित्ता र सरकारी संरचनामा आचारसंहिताविपरीत सामग्री टाँसिएकोे थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal