आज :

‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुँदा विकासको काममा पर्याप्त ध्यान दिन सकिएन’

  • अनलाइन डबली

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्दा पर्यटन लगायत अन्य क्षेत्रको विकासको काममा पर्याप्त ध्यान दिन नसकेको बताएका छन् ।

शुक्रबार पर्यटन बोर्ड र परिसूचक मिडियाले ललितपुरमा आयोजना गरेको नेपाल पर्यटन गोष्ठीमा बोल्दै उनले तोकिएको समयमा निर्वाचन गर्न थुप्रै चुनौतीहरु झेल्नु परेको बताउँदै यसैमा सरकारको पूर्ण ध्यान केन्द्रित गर्दा विकासको कुरामा चुकेको स्वीकार गरे । यद्यपी पर्यटन क्षेत्रको महत्वलाई कागजमा मात्र सिमित नराखी यस क्षेत्रको नीति ,कार्यक्रम र आयोजनाहरुलाई सम्बोधन गर्नु आवश्यकता औल्याए ।

‘बजेटमा पर्यटन क्षेत्रलाई उद्योगले पाए सरहको सुविधा दिइने छ भनेर उल्लेख गरिएको भए पनि अहिलेसम्म पूरा गर्न सकिएन । यो सरकारको सामु सुरुवातीदेखि नै धेरै चुनौतीहरु थिए । त्यसमध्येको सबैभन्दा ठूलो चुनौती भनेको जुन आशंका आम मानिसमा राजनीतिक वृत्तमा थियो ,कि निर्वाचन कुनै हालतमा संभव छैन । जेलबाट कैदी भागेका छन् । हात हतियार लुटिएका छन् । नव पुस्ताले पुराना सत्ताका नेताहरुलाई देख्न ,वार्ता गर्न चाहदैनन् । यस्तो अवस्थामा सरकारले कसरी निर्वाचन गर्न सक्छ भन्ने आशंकालाई मेटाउने चुनौती थियो । त्यसैले त्यहाँ ध्यान केन्द्रीत गर्ने क्रममा कतिपय चालु आर्थिक वर्षमा प्रतिबद्धता गरिएका पर्यटन लगायत अन्य क्षेत्रको विकासको कुरामा काम गर्न नसकिएको पक्कै हो । तर पर्यटन क्षेत्रको महत्वलाई कागजमा मात्र सिमित नराखेर नीति कार्यक्रम र आयोजनाहरुलाई सम्बोधन गर्ने हो ।’

त्यस्तै उनले वर्तमान सरकारलाई सुम्पिएको जिम्मामा भ्रष्टाचार न्यूनीकरण गर्ने र सुशासन कायम गर्ने रहेको भन्दै उनले यसबीचमा कतिपय सुधारका कामहरु भएको धारणा राखे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal