आज :

जसपा नेपालको मूल लक्ष्य, संघीयताको रक्षा र मधेसको मुक्ति : उपेन्द्र यादव

  • अनलाइन डबली

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकारसम्पन्न सङ्घीयता रक्षा र मधेशको मुक्ति आफुहरुको मूल लक्ष्य भएको बताएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित पत्थरगाडामा बुधबार आयोजित युवा विद्यार्थीहरुको क्षेत्रीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यी लक्ष्य प्राप्तिको लागि आफू जस्तो सुकै सङ्घर्ष गर्न तयार रहेको उनले बताए ।

सङ्घीयता मधेश जनविद्रोहबाट स्थापित भएको चर्चा गर्दै सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका अध्यक्ष यादवले भने ‘सङ्घीयता कांग्रेस र एमालेको एजेन्डा थिएन, होइन। अझैं पनि चाहेको छैन, राष्ट्रिय स्वतन्त्र पार्टीले त झन सङ्घीयता खारेज गर्ने दाउमा छ, गकभि उसले प्रदेशमा उम्मेदवारसम्म खडा गरेन, तर अधिकारसम्पन्न सङ्घीयता र मधेशको मुक्ति हाम्रो मूल लक्ष्य हो, यसका लागि जस्तोसुकै सङ्घर्ष गर्न तयार छौँ ।’

मधेश प्रदेश नामांकरणका समयमा पनि कांग्रेस एमाले मधेश प्रदेश हुन नदिन जानकी, जनक आदि इत्यादिको अडानमा रहेको चर्चा गर्दै जसपा नेपालका अध्यक्ष यादवले भने ‘मधेश केन्द्रित दलहरुको दुई तिहाइ बहुमत नभएको भए मधेश र मधेशीको पहिचानमा आधारित मधेश प्रदेश बन्ने थिएन, अझैं प्रदेशलाई अधिकारसम्पन्न बनाउन हाम्रो सङ्घर्ष जारी छ ।’

देशमै पहिचानमा आधारित प्रदेश मधेश मात्र भएको चर्चा गर्दै अन्य प्रदेश नदीहरुको नामबाट हुनु अत्यन्तै अव्यवहारिक रहेको उनले बताए ।

मुलुकमा मधेशी लगायत अझैं पनि उपेक्षित उत्पीडित समुदायले अधिकारको लागि सङ्घर्ष गर्नुपर्ने अवस्था विद्यमान रहेको बताउँदै अध्यक्ष यादवले भने ‘मेचीदेखि महाकालीसम्म २२ जिल्लाको भूभाग मधेश हो, तर त्यसलाई विभाजित हुने काम भयो, अझैं पनि मधेशीलाई अवसरबाट वञ्चित गरिएको छ, देशको आधा भन्दाबढी जनसङ्ख्या मधेशीको छ, तर प्रहरी प्रशासन, कर्मचारीमा एकल जातीय वर्चश्व हाबी छ, ७७ जिल्लाका सिडियोमा ६५ जना खस बाहुनहरु मात्र छन् ।’

समान अवसर र बराबरको हिंस्सेदारीका लागि संविधान संशोधन तथा पुनर्लेखन आवश्यक रहेकोले मधेशी लगायत शोषित उत्पीडित जनताले जसपा नेपाललाई बलियो शक्ति बनाएर पठाउनुपर्नेमा उनले जोड दिए ।

अहिले सङघीयता, प्रदेश तथा आरक्षण विरोधी शक्तिहरु मधेशी जनतालाई दिग्भ्रमित पार्ने काम गरिरहेको भन्दै युवा विद्यार्थीहरुलाई सजग हुन आग्रह गरे ।

मधेशलाई बर्वाद पार्न शिक्षालाई धारासायी बनाएको टिप्पणी गर्दै अध्यक्ष यादवले भने ‘मधेशमा विद्यालय तथा कलेजहरुमा शिक्षक छैन, गुणस्तरीय पढाइ हुँदैन, जनशक्ति नै कमजोर भएपछि लोकसेवा, शिक्षक सेवा लगायतका परीक्षा पास गर्न समस्या हुनु स्वाभाविक हो, रणनीति तहत मधेशको शिक्षा ध्वस्त पारियो ।’

आगामी चुनावबाट भाग्य भविष्य समेत लेखिने भएकोले मधेश विरोधीहरुको भ्रम र झुठा आश्वानलाई चिर्दै अगाडि बढ्न समेत उनले युवा विद्यार्थीहरुलाई आग्रह गरे ।


Download All
photo-1_2453ce3b.jpg

103.2KB
photo-4_8659ff49.jpg

159.0KB
photo

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal