
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार एक तोला सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँ पुगेको सुनको मुल्य आज तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला सुन ३ लाख ९ हजार ३०० कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ। यसदिन चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँ पुगेको छ। सोमबार सोही परिमाणको चाँदी ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महंगिएसँगै त्यसको प्रभाव नेपाली बजारमा परेको विज्ञहरू बताउँछन्।


अनलाइन डबली


