काठमाडौँ । कर्णाली जलस्रोत लिमिटेडको ११ औं साधारणसभा सम्पन्न भएको छ । आइतबार काठमाडौँमा सम्पन्न साधारणसभाले कम्पनीले अहिलेसम्म गरेका कार्य र आगामी योजनाबारे जानकारी गराइएको थियो ।
अध्यक्ष लोकबहादुर राउतले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीसँग दुईवटा जलविद्युत आयोजना रहेको जानकारी दिए । राउतले कम्पनीको साहयक कम्पनी ‘हिमालयन वाटर रिसोर्सेस एण्ड इनर्जि डेभलपमेन्ट प्रा.लि’ को नाममा रहेको माथिल्लो चौरीखोलामा निर्माण भइरहेको ६ मेगावटको जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको जानकारी दिए ।
राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडको लगानी रहेको ६ मेगावटको आयोजना चालु आर्थिकभित्रै सम्पन्न भई विजुली बल्ने अध्यक्ष रावतले शेयरधनीलाई जानकारी दिए ।
त्यसैगरी म्याग्दीको रघुगंगा गाउँपालिका–८ ४.७५ मा ‘स्यानो खोला जलविद्युत आयोजना’ को काम पनि अगाडि बढेको साधारणसभामा जानकारी दिइएको थियो । पीपीएलगायतका सबै प्रक्रिया पूरा गरेर वित्तिय व्यवस्थापनको लागि बैंकसँग प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै अध्यक्ष रावतले आयोजनाको लागि क्याम्प निर्माण, ड्यामको काम थालनी, पहुँच मार्ग, हेडरेस पाईपको ट्रयाक, पावरहाउसको जग तयार र एलसी खोली निर्माण निर्माण कार्य अगाडि बढाउने तयारीमा कम्पनी रहेको जानकारी दिए ।

संचालक समितिको तर्फबाट साधारणसभामा प्रस्तुत आर्थिक बर्ष २०८१/०८२ मन् बार्षिक प्रतिवेदन, लेखापरीषण प्रतिवेदन, नाफा नोक्सान बाँडफाँड हिसाल, लेखा परिक्षकको नियुक्ति र पारिश्रमिकलगायतका प्रस्तावलाई सर्वसम्मतले पारित गरिएको कम्पनीले जानकारी दिएको छ ।



अनलाइन डबली


