आज :

पार्टी समायोजनको कार्य तुरुन्त टुंगाउने रास्वपाको तयारी

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले आजको बैठक निर्वाचन केन्द्रीत गतिविधिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफलहरु भएर टुंगिएको बताएका छन् ।

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकपश्चात उनले निर्वाचन केन्द्रीत गतिविधिलाई कसरी अगाडि बढाउने र समायोजनको कार्य तुरुन्त टुंगाउने गरी कामहरु अगाडि बढाउने विषयमा आजको बैठकमा छलफल भएको बताए ।

उनले भने, ‘विशेष गरि निर्वाचनसँग केन्द्रीत गतिविधिलाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा धेरै आन्तरिक छलफलहरु भएर बैठक टुगिंएको छ । समायोजन समितिले समायोजनको कार्य तुरुन्त टुंगाउने गरी कामहरु अगाडि बढाई रहेको छ । यसको पहिलो बैठक भोली हुन्छ होला ।’

यस्तै, उनले बैठकमा पहिलाको सपथमा मेयरको तर्फबाट छुटेका केही सदस्यहरुको सपथ भएको भन्दै कुलमान घिसिङको तर्फबाट पनि नाम छिटो पठाउन आग्रह गरेको बताए । उनले भने, ‘पहिलाको सपथमा मेयरसाबको तर्फबाट छुट्नु भएका केही साथिहरुले आज सपथ लिनु भएको छ र कुलमान घिसिङज्यूको तर्फबाट पनि नाम छिटो पठाउनको लागि उहाँहरुले काम गरिरहनु भएको छ । उहाँहरुको सपथ पनि छिटै टुंगाएर समायोजन प्रक्रियालाई एकदमै तिव्र रुपमा अगाडि बढाउने र त्यसपछि चुनावी प्रक्रियामा होमिने बारेमा पनि हामीले छलफल गरेका छौ ।’
कुलमान र बालेन पार्टी कार्यालय कहिले आउछन् भन्ने पत्रकारको प्रश्नको जवाफ दिदैँ उनले केही प्राविधिक कुराहरु मिलाएपछि पार्टी कार्यालयमा आउने बताए ।

उनले भने, ‘केही प्राविधिक कुरा मिलाउनु पर्ने भएको हुनाले बालेन र कुलमानजी यहाँ आइ सक्नु भएको छैन् । त्यो प्राविधिक कुराहरु सकाएपछि पार्टी कार्यालयमा नै आउनु हुन्छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal