काठमाडौं । दलित गोलमेच अभियानका प्रवक्ता राजेश मयाल विक‘अग्निशिखा’ले खगेन्द्र सुनारले चरम अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् । सोमबार संवाद डबलीमा अन्तरवार्ता दिने क्रममा दलितका नाममा संघर्ष गरेर रास्वपामा प्रवेस गरेर दलित समुदायलाई धोका दिएकोसमेत आरोप लगाएका छन् ।
विकले एकाएक दलित समुदायको मुद्धा उठाएर छोटै समयमा स्थापित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा सांसद ‘ललिपप’ मा विकेको आरोप लगाएका छन् । “मुखले ‘दलितलाई खै’को नारालाई बदललेर व्यवहारमा ‘खगेन्द्रलाई खै’ भन्ने पुष्टि भएको छ, खगेन्द्र सुनारले घोर अवसरवादी चरित्र देखाएर रवि–बालेनको पाउमा हाम्रा एजेण्डा चढाए” विकले भने ।
खगेन्द्र सुनारले नवाराज विकको न्यायको लागि मुद्धा उठाएर भइरल भएको र उनैको नाममा ठूलो रकम उठाएर अपचल गरेकोसमेत विकले आरोप लगाएका छन् । त्यसैगरी नयाँ भनिएका रविहरुको कुनै पनि निश्चित विचार सिद्धान्त नभएको बरु विदेशीको योजनामा जनताको आँखामा छारो हाल्न लागेको विकले अरोपसमेत लगाएका छन् । खगेन्द्र सुनार सच्चिएर पुन अभियानमा आए आफूले सहयोग गर्ने पनि बताएका छन् ।


अनलाइन डबली




