काठमाडौँ । अल जेन मुभमेन्ट नेपालले डा.निकोलस भुसालको जीवन सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ । बिहिबार मुभमेन्टका संयोजक मेघ बहादुर खत्रीद्वारा हस्ताक्षरित पत्रमा डा.भुसालका जायज मागहरू यथाशीघ्र सम्बोधन गर्नसमेत माग गरिएको छ ।
मुभमेन्टले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारलाई सम्बोधन गर्दै एक औपचारिक पत्र पठाई डा.भुसालको स्वास्थ्य र जीवन जोखिममा परेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो । डा.भुसालको अवस्था चिन्ताजनक रहेको भन्दै मूभमेन्टले सरकारको ध्यानाकर्षण गराएको छ ।
पत्रमा उल्लेख छ,“लोकतन्त्र, मानव अधिकार तथा नेपालको संविधानले सुनिश्चित गरेको नागरिकको जीवन रक्षा अधिकारप्रति राज्य जिम्मेवार र संवेदनशील हुनुपर्छ ।” कुनै पनि परिस्थितिमा राज्यले आफ्ना नागरिकको जीवन, स्वास्थ्य सुरक्षा र मानवीय व्यवहार सुनिश्चित गर्नुपर्ने दायित्वबाट पछि हट्न नहुने संस्थाको भनाइ छ ।


अनलाइन डबली


