आज :

प्रचण्ड कालिकोटबाट एकल सिफारिस

  • अनलाइन डबली

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ कालिकोटबाट एकल सिफारिस भएका छन् । नेकपा कालिकोटको काठमाडौँमा उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकले प्रचण्डलाई आगामी निर्वाचनको लागि कालिकोटबाट चुनाव लड्न आग्रह गर्दै एकल सिफारिस गरेको हो ।

जेष्ठ तथा पार्टीका केन्द्रीय सदस्य प्रेमबहादुर सिंहको अध्यक्षतामा बैठक बसेर प्रचण्डलाई सर्वसम्मत सिफारिस गरेको नेकपाका कालिकोट संयोजक डम्बर बहादुर शाहीले जानकारी दिए ।
‘प्रचण्डको नेतृत्वमा भएको जनयुद्ध रोल्पा–रुकुमबाट सुरु भएको र अब समाजवादी क्रान्तिको सुरुवात कालिकोटबाटै गर्न पार्टी संयोजक कमरेडलाई सिफारिस गरेका हौं’ शाहीले अनलाइन डबलीसँग भने । उनले प्रचण्डलाई कालिकोटबाट चुनाव लड्न सामुहिकरुपमा पनि आग्रह गर्ने बताए ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा प्रचण्ड कुन जिल्लाबाट चुनाव लड्लान् भन्ने प्रश्न चौतर्फी उठिरहेको बेला नेकपाले कालिकोट एकल सिफारिस गरेको छ । अन्य जिल्लामा जित्ने सम्भावना नभएकोले कालिकोटबाट प्रचण्ड चुनाव लड्न लागेका हुन् ? भन्ने प्रश्नमा शाही भन्छन् ‘प्रचण्ड मात्रै एउटै नेता हुन् फरकफरक निर्वाचन क्षेत्रबाट चुनाव लड्न हिम्मत गर्ने र जित्ने । अरु नेता फरक निर्वाचन क्षेत्रबाट लड्न डराउनुहुन्छ तर प्रचण्ड जुनसुकै जिल्लाबाट चुनाव लड्न तयार हुँदै आउनुभएको छ ।’

शाहीले पार्टी समाजवादी क्रान्तिको बाटोमा रहेको र त्यसको नेतृत्व प्रचण्डले नै गर्ने बताउँदै अब कालिकोटबाट प्रचण्डलाई भारी मतका साथ जिताएर समाजवादी क्रान्तिको लामबद्ध हुन कालिकोटी जनता तयार रहेको बताए ।

कालिकोट जनयुद्धकालदेखि नै माओवादीको आधार क्षेत्रको रुपमा रहेको छ । पहिलो संविधानसभा निर्वाचनदेखि हालसम्म लगातार माओवादीले एकल जित्दै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal