काठमाडौँ महानगरपालिकाको २–वडा भवनको उद्घाटन गरिएको छ ।
काठमाडौँ महानगरपालिकाको –२ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बुधवार आयोजित कार्यक्रममा लाजिम्पाटमा बनेको ५ तले भवनको उद्घाटन गर्दै वडा –२ का स्थानीयका लागि गुणस्तरीय सेवा प्रदान गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।
उहाँले यस भन्दा अगाडि पुरानो संरचनामा साँगुरो स्थानबाट सेवा दिनुपर्दा गाह्रो
भइरहेकोमा नयाँ भवनबाट अब सेवा प्रदान गर्न सहज हुने जानकारी दिनुभयो ।
सो अवसरमा काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्यले आधुनिक भवनबाट जनताका लागि सेवा पनि आधुनिक ढब्गले नै प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।
वि.स. २०७७ साल पुस १ गते शिलान्यास भएको सो भवनको जग्गा विवादले मुद्दा परेको कारण बन्न ढिला भएको सो वडाले जनाएको छ ।
एक रोपनी पाँच आना क्षेत्रफलमा चार करोड ५२ लाख रुपियाँ लागतमा सो वडा भवनको निर्माण सम्पन्न भएको छ । यस अगाडि सेवा दिइरहेको वडा भवनबाट स्थानीयका लागि न्युन शुल्कमा स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य केन्द्र खोलिने अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।


अनलाइन डबली


