आज :

शहीद परिवारका सदस्यहरुले दिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी

  • अनलाइन डबली

जनकपुर । मधेश प्रदेशमा रहेका शहीद परिवारका सदस्यहरुले सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

बुधबार जनकपुरधाममा पत्रकार सम्मलेन गर्दै मधेशी शहीद प्रतिष्ठानका सदस्यहरुले सरकारले आफूहरुलाई हदै सम्मको बेवास्ता गरेको भन्दै एक हप्ता पछि सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

शहीदको नाममा नेता र मन्त्री बनेकाहरुले संघियता ल्याउन आफ्नो बलिदानी दिएका शहीद र उनीहरुको परिवारका सदस्यहरुलाई झुक्काउन मात्र खोजेको मधेशी शहीद प्रतिष्ठानका सदस्य एवम सहिद चंदिन पटेलका पिता अवदेश पटेलले बताए ।

उनले शहीद परिवारका निम्ति बनाइएको मधेशी शहीद प्रतिष्ठानको नाममा १० करोड बजेट बिनियोजन गरिने भनिएकोमा जम्मा २ करोड बजेट मात्र राखेको गुनासो गरे । त्यसमा पनि अहिलेसम्म कुनै काम काज अगाडि नबढाइएको उनले बताए ।

शहीद परिवारका सदस्यहरुलाई रोजगारी दिने नाममा केहि सदस्यहरुलाई मात्र विभिन्न मन्त्रालय र कार्यालयहरुमा पिउनको नोकरी करारमा दिएर बेइज्जत गरेको उनले आरोप लगाए । दशैंलगायतका चाडपर्वका बेला सम्पूर्ण कर्मचारीहरुले तलब पाए पनि शहीद परिवारका सदस्यहरुलाई तलब नदिएको उनले जानकारी दिए । उनले मधेश प्रदेशकाका सम्पूर्ण नेता र मन्त्रीहरुलाई लाज लाग्नु पर्ने बताए ।

मधेश प्रदेशमा जनमत नेतृत्वको सरकार बनेको बेलादेखि अहिलेसम्म आफूहरुले दुख मात्र भोग्नु परेको सुनाए । उनले अधिकांश सहिद परिवारका सदस्यहरुको स्थिती नाजुक रहेको र खान, लगाउन, औषधी उपचार खर्चदेखि लिएर बालबच्चाको पढाई लेखाई पनि गर्न नसक्ने स्थिती शहीद परिवाका सदस्यहरुको रहेको जानकारी दिए ।

सदस्य पटेलले नेपालभरका जनयुद्ध, जेनजी र मधेश आन्दोलनलगायतका विभिन्न समयमा शहीद भएका सम्पूर्ण शहीद परिवारका सदस्यहरुलाई एक ठाउँमा ल्याई अन्तिम पटक आफ्नो जायज हक अधिकार प्राप्तिका लागि शसक्त आन्दोलन गर्ने जानकारी दिए । उनले शहीद परिवारका सदस्यहरुले खान लगाउन देखि संसद भवनसम्ममा आरक्षण पाउनु पर्ने माग राखेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal