आज :

NASeA द्वारा गायिका तथा निर्माता सत्य कला राई सम्मानित

  • अनलाइन डबली

अमेरिका । अमेरिकाको जोर्जिया राज्यको एट्ल्यान्टामा गत 13 डिसेम्बर 2025 मा NASeA (Nepalese Association in Southeast America) ले गायिका तथा निर्माता सत्य कला राईलाई विशेष सम्मान प्रदान गरेको छ।

NASeA का प्रथम अध्यक्ष, प्रथम नेपाल सरकारका पर्यटन दूत राजा घले र वर्तमान अध्यक्ष विद्या गुरुङ तथा NASeA का सम्पूर्ण पदाधिकारीहरुप्रति सत्य कला राईले आभार व्यक्त गरेकी छन।

कार्यक्रममा नेपाली कला, संस्कृति र मनोरञ्जन क्षेत्रमा सत्य कला राईले पुर्याउँदै आएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। यस अघि पनि, ५ डिसेम्बर २०२५ मा अमेरिकाको ओहाइयो राज्यको कलम्बसमा Global People Alliance (GPA) को आयोजना तथा कल्याण फाउन्डेशनको सह–आयोजनामा सम्पन्न कार्यक्रममा गायिका तथा निर्माता सत्य कला राईलाई Global Peace Alliance को Peace Ambassador को रुपमा नियुक्ति गरि विषेश सम्मान गरेको थियो।

उक्त Charity कार्यक्रम ओहाइयो राज्यका सिनेटरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सम्मान ग्रहण गर्दै राईले आफूलाई प्रदान गरिएको मान–सम्मानप्रति खुसी व्यक्त गरिन्। उनले यस सम्मानले आफूलाई थप ऊर्जा, प्रेरणा र जिम्मेवारीको अनुभूति गराएको बताइन्। आयोजक संस्थाहरूले नेपाली कला–संस्कृति, चलचित्र तथा सामाजिक सेवामा समर्पित व्यक्तित्वहरूको योगदानलाई उजागर गर्दै विश्वभर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्न सत्य कला राईले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal