काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुने भएको छ । बन्दसत्र स्थल भृकुटीमण्डपमै एमालेको १० औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको अन्तिम केन्द्रीय समिति बैठक बसिरहेको छ ।
अहिले पदाधिकारी बैठक जारी छ । बैठकमा विधान संशोधनको प्रस्ताव गरिएको बताइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र १२ः३० बजेका लागि सरका छन् । उक्त समयमा पनि बन्दसत्र सुरु हुन नसक्ने आशंका नेताहरुले गरेका छन् ।
बैठकमा ओलीले विधान संशोधन गरेर पदाधिकारी १९ र केन्द्रीय समिति ३०१ बनाउने तयारी गरेका छन् ।
विधान संशोधनको इश्वर पोखरेल पक्षले प्रतिवाद गर्दै आएको छ ।


अनलाइन डबली


