पदम श्रेष्ठ-
करिब ३० वर्ष पहिलेसम्म पनि महिलाले धिमेबाजा बजाउन त के छुनसम्म पनि पाउँदैनथ्यो , सुरेन्द्र तुलाधर ख्वटावजीद्धारा लिखित तथा निर्देशित चलचित्र धिमे मैंचा प्रदर्शनले उजागर गरिदिएको तथ्य कुरा हुन यी ।
राजधानी काठमाडौं उपत्यकाका विभिन्न चलचित्र हलहरुमा प्रर्दशीत धिमे मैंचाले नेवार पहिचान बोकेको धिमेबाजा महिलाले छुन समेत नमिल्ने परम्परा थियो भन्ने तथ्य पस्किदिएको छ । गुरुहरुले धिमेबाजा बजाउन शुरु गर्दा वा अन्त्य गर्दा पूजा गर्ने देवता नासःद्योलाई महिलाले छुन र पूजा गर्नुहुन्न भन्ने मान्यता थियो भन्ने देखाईएको छ ।
तर यस्ता थुप्रै विभेदका बावजुटपनि घर परिवारमा आमा बाबा , वाजे र गुरु समाजलाई समेत आफुले नारी भएकै कारण धिमे छुन वजाउन नहुने भन्ने कुतर्क बारे प्रश्न गर्छिन र जसरीपनि आफ्नो धिमे बजाउन रोक्ने कुसस्कारलाई परास्त गर्छु र ती पुरुषले मात्र बजाउन हुने भन्ने विना आधारलाई परिवर्तन गर्छु भनि अति कष्ठका साथ विद्रोह गर्नुहुने मुल पात्र हुन ,इन्दीरा लाछिमस्यू । जुन ऐतिहासिक पात्र ईन्दिराको वाल कलाकारको भुमिकामा सिम्रिक श्रेष्ठले निर्वाह गर्नुभएको छ भने हुर्किएर विवाहपछिको भूमिका रोजिना सुवाल र उहाँका श्रीमानको भूमिकामा रुपेन्द्र श्रेष्ठ हुनुहुन्छ । कथा सानै हुन्छ केटी मान्छेले धिमे बजाउन हुदैन तर बाल मनोविज्ञानमा त्यो कुसस्कारले कत्रो प्रभाब पार्दो रहेछ भन्ने तथ्यलाई लेखक निर्देशक ख्वटावजिले सुक्ष्म ढङगबाट प्रस्तुत गराउन सफल हुनुभएको छ भने कलाकारहरुले पनि छ÷सात वर्षको मनमा देवता पूजा गर्न नहुने, धिमे बाजा त छुनै नुहुने भन्ने कुराले कतिसम्म कौतुहलताका साथै विद्रोह भाव उत्पन्न गर्छ भन्ने कुरालाई जिवन्त अभिनय पस्किन सपल हुनुभएकोछ ।
आजभोलीका जेन्जि पुस्ताले यो कुरा सर्वप्रथम उनले आमा नगिना श्रेष्ठ र बाबु कलाकार रामराजा भाम समक्ष प्रश्न गर्छिन् , हामी नारी भएकै कारण बाजा किन सिक्न हुँदैन गुरुहरु समक्षपनि प्रश्न गर्छिन ?
भक्तपुर दत्तात्रय निवासी इन्दिरा बालसखाहरुसँग खेलिरहेको बेलामा पनि आफ्नै घरमा धिमे÷नौ बाजाहरु गुरुले विद्यार्थीहरुलाई सिकाइरहँदा खेल्दा खेल्दै छोडेर बाजाको ताल बोल सिक्न दौडिन्थीन् । तर किशोर केटाहरुलाई सिकाइरहेको ठाउँमा वाद्यगुरु लक्ष्मीकुमार महर्जन र देवचन्द्र बज्राचार्यले उनलाई कक्षामा बस्न दिदैंनन् । तर खाने मुखलाई जुङगाले छेक्दैन भने झैं हुँर्कदै गइरहेकी इन्दिरा लुकी लुकी बाजाको बोल, ताल आधार टिपोट गर्छिन् ।
घ्याम्पो वा लोटा ठटाएर कोठाभित्र गुरुहरुले अरुलाई सिकाउँदा सिकेको बोल÷ तालको प्रयोग गर्ने कोसिस गरिरहिन् । कहिले भाँडा माझ्दा थाल समेत बजाएर इन्दिराले धिमे सिकेको चलचित्र धिमे मैंचाले प्रस्तुत गर्छिन् ।
तर छोरीचेलीले त प्रश्नसमेत गर्न हुदैन , परम्परालाई पछ्याउने मान्ने मात्र हो भन्ने गरिन्थ्यो । तर इन्दिरा लाछीमस्यूको धिमे बाजा सिक्ने आँट, इच्छाले रोकिन सकिनन् ।
आफ्ना हजुरबुवा तुयुबहादुर महर्जन समक्ष धिमेबाजा सिक्ने इच्छा व्यक्त गरेपछि लामो छलफलपछि उहाँले सिक्न पाउनुहुन्छ, हजुरबुवाले भनेपछि गुरुहरुले पनि सिकाउन सहमति
जनाउँछन् ।
उहाँले घरमा त जिद्दी गरी सिक्नुभयो । तर समाजमा नयाँ काम गर्न थालेपछि गुरुलगायत,समाजका विविध व्यक्तिहरुले खिसिट्यूरी गरेपछि केही समय उहाँ बजाउन जानेर पनि धिमेबाजाबाट टाढा समेत हुनुभयो । तर पछि आफ्ना पिताले राम्रो काम गर्न डराउनु
पर्दैन भन्ने सल्लाह, आडभरोसा पाएपछि धिमे मैंचाको पहिचान बनाउनुभएका इन्दिराले पुनः धिमे बजाउन थाल्नुहुन्छ ।
उहाँको विवाहपछिको भूमिका रोजिना सुवाललाई उहाँका श्रीमान रुपेन्द्र श्रेष्ठबाटपनि साथ सहयोग पाएपछि धिमे मैचालाई समाजमा अन्य महिलाहरुलाईपनि धिमेलगायतका बाद्यबादन वजाउन सिकाउन सहज हुदै जान थाल्छ र ईन्दिरा लाछिमस्यु नेपालकी प्रथम धिमे मैचा बन्न सफल हुन्छिन् । ख्याली जुजु मदनकृष्ण श्रेष्ठको समेत अतिथि कलाकारको भूमिकामा रहनुभएको चलचित्र
धिमे मैंचाका लेखन तथा निर्देशक सुरेन्द्र तुलाधर (ख्वटा बजी) भन्नुहुन्छ ,नेपाल भाषाको पहिलो बायोपिक चलचित्र बन्न सफल भएको छ । जिवित पात्रकै जिवनीमा आधारित चलचित्र , धिमे मैचाको निर्माताहरु गोपालकृष्ण महर्जन, सुरेन्द्र शाक्य, रमिता श्रेष्ठ रहनुभएको छ । चलचित्रमा गीतसंगीत निल शाक्य र सुरेन्द्र
श्रेष्ठले दिनुभएको छ । गायनमामा पवित्र कसाः , निसा देशार, सतिस महर्जन,बालिका प्रधानले स्वर दिनुभएको छ ।
चलचित्रमा फिरोज बज्राचार्य र जीवित महर्जनको संगित संयोजन रहेको छ भने नृत्य निर्देशक रोहिया महर्जन, राहुल बराइलीले गर्नुभएको छ ।
दिव्य सुवेदीको छायाङ्कनमा बनेको चलचित्र धिमेमैंचाको सम्पादन सुजन बरालले गर्नुभएको छ । काठमाडौँ उपत्यकाका विभिन्न हलहरुमा प्रदर्शनपछि विश्वका विभिन्न देशहरु अमेरिका
जर्मन, फ्रान्स, जापान, बेलायत दुवई क्यानडा दक्षिण कोरिया र अष्ट्रेलियामा समे त प्रदर्शन गर्ने योजना रहेको चलचित्र निर्देशक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल भाषाको हास्य टेलिसिरियल ख्वाता बजीबाट चर्चित हुनुभएका निर्देशक श्रेष्ठले धिमेमैंचामार्फत चलचित्रमा प्रवेश गरेर धिमेमैंचाको धिमे सिक्ने सपना साकार पार्दाको संघर्षलाई देखाएर इच्छाशक्तिको राख्न सके जुनसुकै काम सफल हुने प्रष्ट पार्नुभएको छ । समष्टिगत रुपमा भन्नु पर्दा सम्बृद्ध सम्पन्न सुसस्कृत भनिने नेवार समाज भित्रपनि ३० वर्ष अगाडीसम्म बाजा देवताको नाउँमा नारी छोरी चेलीको जिवनमा कतिसम्म विभेद रहेछन भन्ने तथ्य सार्वजनिक भएको छ भने देवता रुपि धिमे र नासःद्यो नृत्य नाथलाई छुई भएकी छोरी चेलीले पुज्न छुन नहुने रहेको कारण आदिकालदेखि नै नारीले धिमे छुन हुदैन भन्ने मान्यता रहेको तथ्यपनि खुलाईदिनु पथ्र्यो लेखक निर्देशकले सो तथ्य नखुलाई एकोहोरो आरोप मात्र लागउने विद्रोहपछि सफल हुने भन्ने मात्र देखाईको दर्शक र्इं.विश्वनाथ श्रेष्ठको छ । अर्का चलचित्र दर्शक फर्पिङ निवासी रमा महर्जन भन्छिन् , अहिलेपनि नासः द्य ल्हयगु गुथियार समाजको धिमे तालिममा छोरी चेलीलाई सहभागिता गराईदैन तर फर्माईसि धिमे वाद्यबादनमा मात्र महिलालाई सहभागिता गराउने गरिन्छ । धिमे मैचा ईन्दिरा लाछिमैचाले नारीलाई घरायसी चुल्हो चौकाबाट वहिरपनि ल्याउन गर्नुभएको योगदानलाई सम्मान त गर्नै पर्छ तर सुत्केरी हुँदा ,दुई जीउको वा पर सरेको बेला देवता रुपि धिमे बजाउन पाउनै पर्छ दिनै पर्छ भनेर धिमे मैचा ईन्दिरा लाछिमस्युले भन्नुभएको होईन होला भन्छन् दर्शक दिर्घाका कतिपयले पनि ।


बुद्धशरण शाही





