आज :

बेघर बनेका सुकुम्बासीको व्यवस्थापन गर्न हर्क साम्पाङको माग

  • अनलाइन डबली

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको निर्देशनमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाइएकाले धेरै नागरिक बेघर बनेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्रीसँग सम्बन्धित सिमाना विषयक अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउनुपर्ने आफ्नो दलको माग यथावत रहेको बताए । साथै, प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भई उठाइएका प्रश्नहरूको जवाफ दिनुपर्ने उनको भनाइ थियो ।

उनले संसदको ‘सेकेन्ड लट’ सुरु गर्ने समय पनि भइसकेको उल्लेख गर्दै सरकारको ध्यान सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्यातर्फ जानुपर्ने बताए ।

‘प्रधानमन्त्रीकै निर्देशनमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाइयो र उनीहरूलाई बेघर बनाइयो,’ उनले भने, ‘हाल उनीहरू कृतिपुरलगायतका स्थानमा रहेका होल्डिङ सेन्टरमा बस्न बाध्य छन् । त्यहाँ खाना र पानीको समेत अभाव छ ।’

सांसद साम्पाङले होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरू नेपाली नागरिक नै भएकाले उनीहरूको आधारभूत आवश्यकताको व्यवस्थापन गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal