आज :

राष्ट्रपतिसँग जेनजीको छलफलः प्रधानमन्त्री कार्कीले झेल गरेको भन्दै नाराबाजी

  • अनलाइन डबली

काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग छलफल गर्न लागेका छन् । तर, छलफलमा सहभागी हुने प्रतिनिधि छनोटलाई लिएर जेनजी युवाहरुले विरोध जनाएका छन् ।

शुक्रबार आफूहरुबीच १३ जना छलफलमा जाने कुरा भएको तर आज राष्ट्रपति कार्यालयको सूचीमा २० जनाको नाम रहेको भन्दै जेनजी युवाहरुले विरोध जनाएका छन् ।

राष्ट्रपति कार्यालयको गेटमा पुगेका जेनजी युवाहरुले सुरक्षाकर्मी छलफलको लागि भन्दै तयार लिष्ट पढेर सुनाएका थिए । त्यसपछि युवाहरुले आफूखुशी प्रतिनिधिको नाम छनोट गरेको भन्दै विरोध जनाए ।

प्रधानमन्त्री सुशीला कार्कीले आफूखुशी नाम तयार गरेको भन्दै युवाहरुले विरोध जनाएका थिए । उनिहरुलाई गेट बाहिर रोकियो ।

तर, सुधन गुरुङको टोलीलाई भने शितल निवासभित्र प्रवेश गर्न दिइएको छ । गुरुङलाई नक्कली जेनजी भन्दै एउटा समूहले सुरुदेखि नै विरोध जनाउँदै आएको थियो ।

जेनजी युवाहरुबीच नै छलफलमा जाने प्रतिनिधिबारे कुरा नमिलेपछि राष्ट्रपतिले समय सारेका छन् । दिउँसो ३ बजेलाई छलफल बोलाइएको छ । तर, उक्त समयमा पनि छलफल हुने नहुने पक्का भइसकेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal