आज :

काठमाडौं उपत्यकाको समस्या र समाधानका लागि मेरो प्रतिनिधि !

  • अनलाइन डबली

काठमाडौं उपत्यकाका रैथानेहरूको आफ्नै पीडा छ। राज्यसत्तामा जोसुकै आए पनि उपत्यकावासीहरु विभिन्न बहानामा विस्थापन सहनु परेको छ। शाहकालदेखि गणतन्त्रसम्मको राजनीतिक परिवर्तनमा समेत राज्यको दृष्टिकोण बदलिन सकेन— विकास र मापदण्डका नाममा जग्गा, घर मात्र होइन, सांस्कृतिक भुमीसम्म खोस्ने परम्परा दोहोरिरह्यो। आवाज उठाउँदा भने ‘विकास विरोधी’ को ट्याग थोपारिन्छ। यस्ता अन्यायविरुद्ध निरन्तर आवाज उठाउँदै आएका अभियन्ता हुन् राजाराम तण्डुकार। गैरन्यायिक सडक विस्तारविरुद्धको संघर्ष, द्रुतमार्ग विस्थापनविरुद्धको आन्दोलन, रानीपोखरी र प्राचीन चिहान जोगाउने अभियान, गुठी विधेयकविरुद्धको ऐतिहासिक जनआन्दोलन, गैरन्यायिक खोला मापदण्डविरुद्ध लगायत हरेक संघर्षमा उहाँ अग्रपंक्तिमा उभिनुभएको छ।
राजाराम तण्डुकार कुनै व्यक्तिगत नाम मात्र होइनन्, उपत्यकावासीको सामूहिक पीडा र प्रतिरोधको प्रतीक हुनुहुन्छ। देशका युवाले भ्रष्टाचारविरुद्ध आन्दोलन गर्दा उपत्यकावासीले पनि साथ दिएका थिए। तर हरेक पटकझैँ उपत्यकाको समस्या बुझ्ने नेतृत्वलाई राज्यसत्तामा स्थान दिइएन। अब भने उपत्यका केन्द्रित विकासलाई विकेन्द्रीकरण गर्ने र जनतालाई स्थापित गर्ने (नकि विस्थापित गर्ने) दृष्टिकोण भएको नेतृत्व आवश्यक छ। त्यसैले, उपत्यकावासी र नेपालमण्डलको वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्न राजाराम तण्डुकारलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिनु उपयुक्त विकल्प हुनेछ।

सुरज महर्जन गुठी आन्दोलन संगठन विभाग प्रमुख

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal