
भ्रष्टाचारबाट कलङिकत काङगे्रसको सरकार र प्रतिपक्ष भनिने माओवादीलगायतका राजनितिक पार्टीहरु मत्च्छे न्यायको शिद्धान्त अनुरुप अगाडी बढीरहेकै कारण उत्पिडित युवा जमातद्धारा जेन्जि समूहले २७ घण्टे विद्रोह छेडिएको थियो । उत्पिडित जेन्जिमा भ्रष्टाचारी अराजक सरकार विरुद्ध वितृष्णा थियो विद्रोह थियो । जेन्जिलाई के थाह थियो भने , देशमा कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनिएझैं ,देशभित्रै प्रविधी विकासगरी रोजगार दिन कृयाशिल राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक बैज्ञानिक महाविर पुनले थालेको महाअभियानलाई सहयोग गर्नुको बदला सिण्डिकेटबाट बनेको एकाङग्रेसको सरकारले असहयोग मात्र गरिरहेको छ । उहाँलाई आफनो जिवनी पुस्तक बेचेर वन्द विरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालन गर्न बाध्य गराएको छ । भ्रष्टाचरीलाई कार्यवाही गर्नु पर्छ भन्दै राजनितिमा आएका र न्युज २४ टेलिभिजन मार्फत थुप्रै भिक्टिम चेलीहरुको उद्धारगरी राहत दिलाउन सफल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उल्टै विना प्रमाण सहकारी ठगको विल्ला भिडाउदै जेल जेलमा घुमाउँदै राजनितिक प्रतिसोध लिइरह्यो तर अर्बौ रकम घेटाला गर्ने एकाग्रेंसमा आवद्ध नेता कार्यकर्ताहरुलाई थोरै रकम ढरौटीमा छोडने कुकृत्य हुन पुग्यो, केपि आर्जुको सिण्डिकेट सरकारबाट । दैनिक १८ घण्टाको लोड सेडिङलाई हटाएर ब्यापक घाटामा चलिरहेको नेपाल विद्युत प्राधिकरणलाई अर्बौ रुपियाँको फाईदा गराउनुहुने उज्यालोका नायक कुलमान घिसिङलाई राष्ट्रिय सम्मान दिनुपर्नेमा झनै जिरो नम्वर दिएर बिद्युत प्राधिकरणबाटै दुई पटक हटाउने कुकार्य गरियो । त्यसको विरोध हुँदा जेन्जि युवालाई प्रहरीको लाठी गोलीले दवाईरह्यो ।
काठमाडौंका मेयर वालेन शाह ,धरानका मेयर हर्क साम्पाङ, धनगढीका मेयर गोपि हमाल र आदर्शबादी राजनितिक पार्टी नेपाल मजदुर किसान पार्टीले थालेको असल कर्मलाई साथ सहयोग र भरोसा दिनुपर्नेमा उल्टै केपि आर्जुको भ्रष्ट सिण्डिकेट सरकारले ताँई न तुँईसंग राजाबादी कि गणतन्त्रबादी ? केपि वली कि विद्या भण्डारी ? चुच्चे नक्सा कि थेप्चे नक्सा भनि सडक सडकमा नारा जुलुस गराएर जनता भड्काउने मात्र काममा लागिरह्यो । अरु त अरु जनता भड्काउने तर काम केहि नगर्ने राजनितिक पार्टी नेताहरुमा देशलाई आफ्नै पुख्र्यौली बपौति थान्ने पुर्व राजा ज्ञानेन्द्रदेखि अपवादलाई छोडेर सबै, राजनितिक पार्टीहरु र १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन गरेर सत्तामा आएका विद्रोही शक्ति माओवादीसमेत रह्यो । विदेशी शक्त्तिसंग समझदारी र सम्झौता गरेर आएको गणतन्त्रले झण्डै पाँच हजार वर्षसम्म राज्य चलाएका एक सय २७ बशंज सामन्ती राजतन्त्रलाई पाखा त लगायो तर निर्मुलै भने पार्न सकिएको स्थिति थिएन । उल्टै अंजेरो ढुसी रुपि राजतन्त्र , माओवादी ,समाजबादी ,साम्यवादी ,मधेसवादी ,जनवादी ,आदिवासी जनजातिबादीको नाउँमा भड्काईरहने गर्रिरह्यो । तर मेहनत गरेर खान पाउने अधिकारको कुनैपनि बाद शिद्धान्तले ग्यारण्टी गर्न सकेन वा गरेन । हुन त एकल नश्लीय राजतन्त्र र हिन्दुस्थानी पहिचान हिन्दु राष्ट्रको भुतले तर्साइ मात्र रहने हो । मसानबाट उठेको भुतले राज्यनै गर्छ भन्ने कुरा चाहि स्वयम राजावादीमा समेत छैन । तर त्यो भुतले तर्साई रहनु वर्तमानमा राज्य सत्ताको वागडोर सम्हालेका वा पक्ष प्रतिपक्ष भनिएका नेताहरुले श्राद्ध राम्रो संग गर्न छोडी पितृलाई चढाएको पिण्डो नै खाने हानथाप गर्नुुको कारण यस्तो स्थिति आएको हो ।
गणतन्त्र आउनु अघि ः
हामीले के पनि भुल्नु हुदैन भने गणतन्त्र ,संघियता ,धर्म निरपेक्षता आउनुको मुल कारण माओवादी पार्टीको अगुवाईमा १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको आधारमा टेकेरनै हो । माओवादीको नेतृत्वमा गणतन्त्र आउनुअगाडि राज्यसत्तासंग पहुच बनाएका सामन्ती क्षेत्री ,वाहुन, नेवार , राई , सुब्वा , लामा , गच्छादार ,चौधरी ,झा ब्राह्मणवादीको घर खेतमा सिटटैंमा काम गरिदिनुपथ्र्यो आदिवासी जनजातिहरुले । तराईका आदिवासी थारु समुदायले त थालुका घरमा ह्रुवा चरुवा ,कमैया बस्न किनबेचकै नियति भोग्न बाध्य थिए । दलित शिल्पी समुदायलाई त पशुसरहको ब्यवहार गरिन्थ्यो भने महिलाको हालत दास दासी सरह थियो । जसको विरुद्धमा भएको आन्दोलनमा यी समुदायको ठुलो साथ सहयोग र भरोसा थियो माओवादी जनयुद्धलाई । राजा र राणाको पालामा मधेसी, मुसलमानसमुदायलाई नेपाली नै मानिदैन थियो । बुद्ध जन्मस्थल नेपालबाट बौद्ध भिक्षुहरुनै देश निकालामा परेकासम्मको पिडा थियो देशमा । विदेशी धर्मको आरोप खेप्न बाध्य क्रिश्चियन , श्रमजिवि किसान थारु कमैया, हरुवा, चरुवा,बँधुवा , वाध्यात्मक यौन ब्यवसाय अगाल्न विवस बादी , मानिस भएरपनि मान्छे भएर वाँच्न नपाएका तेस्रो लिङगी , काम गरेरपनि तलबै नपाएका उत्पिडित मजदुर ,वर्ग समुदायहरुको प्रत्यक्ष अप्रत्यक्षरुपमा एक्यवद्धताले मात्र जनयुद्ध सफल भएको हो ।
जुन आन्दोलनलाई पिछडा वर्ग, भूमिहीन उत्पीडित सुकुम्बासी लगायतले आ–आफ्नो कोणबाट साथ सहयोग र भरोसा दिएपछि झण्डै १७ हजार जनाले प्राणको आहुति र लाखौं अपाङग र हजारौं जनले बेपत्ताको नियति भोग्नुपरेको पिडा पारगर्दै झण्डै एकसय ५ वर्षपछि भएको संविधानसभाको निर्वाचनले दोस्रो प्रयासमा संविधान निर्माण सम्पन्न हुन सकेको हो । जसले एकल हिन्दु पहाडी खस ५ सरकार र बाहुन ६ सरकारको जातिय, भाषिक , धार्मिक संरचना ध्वस्त गर्दै १०२ जातजाति, १२२ भन्दा बढि भाषा–भाषी र बिबिध धर्मको साझा संघीय नेपाल निर्माणको मार्ग खुलेकै हो । जसको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड , डा. बाबुराम भटटराई , मोहन बैद्य किरण जस्ता बाहुन थरका नेताहरुले गर्नुभएको थियो ।
ब्राह्मनबाद कुनै जात होईन
यहाँ ब्राह्मणबाद भनिरहदा मात्र खस पहाडी थरका बाहुनलाई मात्र सोच्ने गलत मानसिकता बिकास भएको पाईन्छ । बास्तवमा ब्राह्मणबाद सबै जातिभित्र पाईने अमेरिकी साम्राज्यबादको घरेलु नाउँ हो भन्ने तथ्यलाई बुझ्नु पर्ने हुन्छ । जस्तै ः
१) ब्राह्मणबाद नेवार समाज भित्र स्यस्यःबाद अर्थात श्रेष्ठबादलाई लिन सकिन्छ । बहुसख्यक ज्यापु किसान , पोडे खड्गी ,कुश्ले समुदायमाथि राजसंस्थाको आडमा श्रेष्ठ भाईभारदारहरुलें अनेक तरहबाट स्वषण गरी दवाउने कार्य भएको थियो ।
२) थारु समुदाय भित्रै दारुखाने थारुलाई थारु खाने स्वजातिय थारु गच्छादार
,चौधरीहरु बाटैपनि दरवार प्रशासनको आडमा व्यापक स्वषण गरिदै आईरहेको थियो
३) किरातमा राईकरणको मार र सुब्वाबादले स्वजातिय लामो समयसम्म प्रताडित भईरह्यो । दरवारका लागि किपट उठाउन खडा गरिएको राई र सुब्वापदको दुरुपयोग गरी स्वजातिय स्वबासीलाई हुनसम्म स्वषण गर्ने ,जवर्जस्र्ती हिन्दुस्थानी राष्ट्रियताको पहिचान हिन्दुलाई धर्मको रुपमा मान्नैपर्ने गराएको थियो ।
४) तामाङ ,गुरुङ ,शेर्पा , मगरमा पनि लामाबाद अर्थात मरेको लासलाई स्वर्ग पुर्याईदिने नाउँमा चार दिन सम्म घेवा गराउने र भएभरको सिरिखुरी दान गर्न लगाएर स्वषण गरिरह्यो ।
५) पिछडा वर्गमाथि मधिसे बाहुनको प्रताडना र दलित भित्रैपनि छुवाछुत तल्लो जात ,माथिल्लो जातको भेदले प्रमाणित गर्दछ ।
६) अरु त अरु उत्पिडित भनिने दलित भित्रैपनि दमाई ,सार्की , बादी लगनयतका समुदाय भित्रैपनि बिश्वकर्माबादले स्वजातिय प्रताडित भैरह्यो।
जुन जनयुद्धले सबै जातिय समुदायमा रहेको ब्राह्मणबादी कुसंस्कारलाई हटाउन चेतनशील बनायो भने तल्लो तहका जनसमुदायलाई जुरुक्कै उठायो । जल, जमिन, जंगल, जडिबुटी, खनिजमा आदिवासीय अग्राधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघले समेत आदिवासी आवाजलाई सम्बोधन गर्दै १३ सेप्टेम्बर २००७ मा महासन्धि पारित ग¥यो । पारित महासन्धीलाई ०६० फागुन १८ गते नेपालको संघीय परिषदले पनि अनुमोदन ग¥यो ।
फलस्वरूप , देशमा गोपालकालदेखि शाहकालसम्मको एक सय २७ वंशीय राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र, हिन्दुस्थानी राष्ट्रिय पहिचान हिन्दु धर्मको ठाउँमा धर्म निरपेक्षता, जातिय तथा धार्मिक, छुवाछुतजन्य विभेद अन्त्यको घोषणा गर्दै दोस्रो संविधानसभाले समानुपातिक समाबेसिय संविधान अति कष्टका वीच पारित गर्यो ।
यसका लागि १७ हजार नागरिकले शहादत प्राप्त गरे । लाखौं जनले अपाङ्गता र वेपत्ताको पीडा खेप्नुप¥यो । जुन आन्दोलनमा मारिएकाहरुको दोष माओबादी अध्यक्ष प्रचण्डलाई लगाएर राजाबादीहरु पानीमाथिको ओभानो बन्ने दुस्प्रयास गर्ने गरेको पाईन्छ जुन सत्य होईन । राजा , काग्रेंस र एमालेकोपनि बेलाबेलामा प्रत्यक्ष शासन सत्ता भएको बेला माओबादी भनिनासाथ सेना, प्रहरी र गाउँका सामन्ती थालुहरुको चुकडी लगाएर हत्या , हिन्सा ,बेपत्ता बनाउने कार्य भएको सर्वविदितै छ । जनआन्दोलन दबाउनैका लागि नेपाली कागें्रसका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीत्वको कार्यकालमा घाँटीको मुल्य तोक्ने सम्मको घोषणा भयो । तर उत्पिडित जनको साथ सहयोग र भरोसामा आन्दोलनको परिणामतः पिडालाई संबोधन गर्न जहाँ जसलाई जहाँ नेर दुःखेको छ त्यहिबाट समस्या समाधानगर्दै लानुपर्छ भन्ने मुल लक्ष्यका साथ यसरी वर्गिकृत गरियो ।
(जसअनुसारः अदिबासी जनजातिमा )
लोपोन्मुख ः .राउटे,कुसुण्डा,सुरेल,हायु,.राजी,किसान,.लेप्चा ,मेचे,,कुशवाडिया
अति सीमान्तकृत ः माझी, सिघार, शिङ्सा, थुदाम, धानुक,.चेपाङ, सतार
( सन्थाल ), झागड, थामी, बोटे, दनुवार, बराम
सीमान्तकृत ः सुनुवार, थारू, तामाङ,ुजेल, कुमाल,राजवंशी, गन्गाई,
धिमाल, भोटे, दराई, ताजपुरिया, पहरी, तोप्केगोला ,
डोल्पो, मुगाल, लार्के, ल्होपा, दुरा, बालुङ
सुविधा बञ्चित ः गुरूङ, मगर, राई, लिम्बु, छैरोतन, ताङ्बे, तीनगाउँले, बाह्रगाउँले,मार्फाली, शेर्पा, याक्खा,छन्त्याल,जिरेल,व्यासी,ह्योल्मो
उन्नत समूह ः नेवार,थकाली मा वर्गिकरण भयो ।
त्यसैगरी उत्पिडित पहाडी दलितमा ः
(१) कामी (२) सार्की (३) गन्धर्व (४) दमाई ( ५) वादी
मधेसी दलितमा
१) खत्वे (मण्डल)ः, २) दुसाद,पासवान हजारा)ः ,चमार ः (राम, हरिजन) ,४.मुसहरः , ५. तत्माः ६.डोमः ७.मेस्तर (हलखोर)ः, ८.वातर (सरदार)ः, ९. कोरीः ,१०. खटिकः, ११ं पत्थरकट्टाः, १२. धोवीः ,१३ ) सरभंग (सरवरिया)ः,१४.चिडीमारः १५.पासीः
(मधेसी पहिचानका जातजाति) मधेसी व्राम्ह्ण ः हलुवाई ,राजपुत,काायस्थ,झा, ।
पिछडा वर्गः यादव,तेली,वानीया,मल्लाह,कलवार,हजाम÷ठाकुर,कानु,सुडि,कुम्हार,.नुनिया,बाँतर,वरई,कहार,ं राजभार,लोढ, विण्ड,नराङ,भेडिहार, डेरी,माली,धुनिया, मुण्डा,.सोनार, जोगिया,.कुशवाडिया, केवट,सैनी,अमात,रौनियार,देव,केवरत ।
आप्रवासी जात थर ः पञ्जावी,मुसलमान ,मारवाडी ,जैन, वंगाली ।
अल्पसंख्यक यौनिक समुदाय ः वर्गिकरण भयो ।
तर कार्यान्वयनमा भाईरस पसेपछि जेन्जिओ आन्दोलन
जनयुद्ध ताका सामन्तीलाई भाते कार्यवाही , स्वषकको प्राण हरण , अर्कालाई काम गराई खानेको जमिन लुटेर काम गरी खानेलाई सामुहिक खेती गराउने र लागु पदार्थ दुव्र्यसनी ,ब्यभिचारीलाई श्रम शिविरलगायतका रचनात्मक काम गर्दा जन जनमा ब्यापक भिजेको माओवादी नेतृत्वले जव पहिलो निर्वाचनमा नै दुई तिहाई वहुमत ल्याई देशको सबैभन्दा ठुलो राजनितिक पार्टी भयो । हो , त्यही बेला जनयुद्धको लासको थुप्रोबाट उठेको माओवादी जनआन्दोलनको नेतृत्व ७ भन्दापनि बढी टुक्रामा विभाजित भयो , गर्यो वा गरायो । यदि सडकमा हुँदाकै बेला जस्तैगरी सरकार र सदनमा हुँदापनि काम गरेर लगेको भए माओबादी सरकारको विकल्प आउन थुप्रै समय लाग्थ्यो ,तर कामकुरो एकातिर कुम्लो बोकी थिमीतिर भनिएझैं जनतालाई उपलब्धी दिनेबेलामा आफु आफुनै आमा चकाडी गाली बेईज्जतीमा उत्रने ,टुक्रने ,आफ्नै नाताकालाई मात्र पद पैसा र राजनितिमा भित्राउने भएपछि फङगस ढुसी रुपि राजतन्त्रले टाउको उठाएकै हो । यी र यस्ता थुप्रै विकृति विशङगति नेतृत्वको सफाया गर्न उर्लेको आकस्मिक विद्रोह हो ,जेन्जि आन्दोलन ।
सामाजिक सञ्जाल मार्फत पोखिरहेको पिडा विद्रोहलाई के.पि. आर्जुको सिण्डिकेट सरकारले रोकिदिएको कारण भनिएतापनि जेन्जि आन्दोलनमा ठुलो भेल उर्लिएको हो । युवाको जोस जाङगर त्यो भेललाई बाँध बाढी सिन्चाई र विजुली उत्पादनमा लगाउन पाएको भए देश विकास गथ्र्यो । समाज विकास गथ्र्यो तर के.पि. आर्जुको भ्रष्ट सिण्डिकेट सरकारले फेस बुक युटयुवका माध्यमबाट रोक्ने कार्य भएपछि यत्रो ठुलो विडण्टा भएको हो ।
यदि अहिलेपनि भ्रष्टाचरीको आरोप लागेको नेता, सचिबहरुको सम्पति छानविनगरी सरकारले राष्ट्रियकरण नगर्ने हो भने त्यहि ढुसी रुपि राजतन्त्र पुर्नस्थापना वा देशको बागडोर विदेशीको हातमा पुग्न बेर लाउदैन । किनकी समयमानै उपचार नगरे शरीरमा रोगले जरा गाढ्छ अबस्यनै तर जनता तावाको माछा भुङग्रोमा भनेजस्तै भैरहने छ ।
अबको राजनितिक नेतृत्वले नेपालका पुर्व प्रधान न्यायाधिश सुसिला कार्कीको प्रधानमन्त्री मण्डललाई साथ सहयोग भरोसा दिएर नयाँ निर्वाचनबाट स्वच्छ जनादेश माग्नुको विकल्प छैन् । बहुमतको आडमा बुढा ल्याप्चे नेताहरुले मसान जाने बेलासम्म पनि मन्त्री बनेर भ्रष्टाचार गरि अकुत सम्पत्ति कमाईरहन्छु भनि दिवा स्वप्ना देखिरहने हो भने थुप्रै जेन्जि सुदन गुरुङहरु जन्मिरहने छन् ।