
नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ। बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७ हजार ९०० कायम भएको छ ।
मंगलबार प्रतितोला सुन दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज दुई हजार बढेको हो । चाँदीको मूल्य प्रतितोला पाँचले घटेर दुई हजार ४८० कायम भएको छ ।