आज :

नाडा अटो शोः नेपालमै पहिलो पटक फ्लाइङ ट्याक्सीको अनावरण

  • अनलाइन डबली

काठमाडौं । आज देखि सुरु भएको नाडा अटो शोमा नेपालमै पहिलो पट्क फ्लाइङ ट्याक्सीको अनावरण भएको छ । मंगलबार काठमाडौंको भृकुटिमण्डप स्थीत १७ औं संस्करणको नाडा अटो शोको उद्घाटन गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइङ ट्याक्सीको अनावरण गरेका हुन् ।

शोको मुख्य आकर्षणको रुपमा रहेको फ्लाइङ ट्याक्सी अनावरणमा अवालोकनकर्ताहरुको सबैभन्दा ठुलो भिड लागेको थियो । नेपालमा पहिलो पटक भविष्यको प्रविधि मानिएको डिपल फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स भित्रिएको हो ।

नेपालमा फ्लाइङ ट्याक्सी सञ्चालनका लागि आवश्यक मापदण्ड नबनेकाले नाडाले अहिले यसलाई प्रदर्शनीका लागि मात्रै अटो शोमा राखेको जनाएको छ । नाडका अनुसार भविष्यमा यस सम्बन्धी मापदण्ड बनेमा मात्रै नेपालमा यो फ्लाइङ ट्याक्सी आधिकारीक रुपमा सञ्चालन गर्न सकिने बताइएको छ ।

चीनको अग्रणी प्रविधि कम्पनी एक्सपेइएनजी एईरओएचटीले विकास गरेको ‘इभीटोल फ्लाइङ कार’ को अन्तर्राष्ट्रिय बजार मूल्य करिब १० लाख चिनियाँ युआन (करिब १ लाख ३७ हजार अमेरिकी डलर) अर्थात् नेपाली करिब १ करोड ८० लाख नेपाली रुपैयाँ पर्ने बताइएको छ

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal