आज :

नाक्चेलाग्ना नाका दुई साताका लागि खुल्ने

  • अनलाइन डबली

मुगु । नेपाल–चीन सीमामा पर्ने मुगुको उत्तरी क्षेत्र नाक्चेलाग्ना नाका दुई साताका लागि खुल्ने भएको छ । कोरोना महामारीले थलापारे पछि बन्द रहेको नाक्चेलाग्ना नाका गत वर्ष झैँ यस वर्ष पनि साउन २५ गते देखि भदौ ७ गते सम्म सञ्चालमा आउने भएपछि मुगु बासी र चिनीयाँ नागरिकहरु बीच दैनिक उपभोग्य बस्तुलगायत अन्य बस्तुको कारोवार हुने भएको छ ।
चिन र मुगुको कार्मारोङ गाउँपालिकाको साझा सहमतिमा गृह मन्त्रालयको निर्देशन अनुसार चिनको स्वशासित क्षेत्र ह्यजिमारमा दुई पक्षीय व्यापार मेलाका लागि नाका खुला हुन लागेको हो । यस क्षेत्रमा नेपालको तर्फ बाट ब्यापार गर्न जानको लागी नेपालीहरुले अनुमती पत्र लिनु पर्ने व्यवस्था छ ।
हाल सम्म २०३ जनाले नयाँ अनुमती र २६७ जनाले पुरानै अनुमती पत्रलाई नविकरण गरि ५१५ जनाले अनुमती पत्र लिएको मगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार त्यस क्षेत्रमा हुन सक्ने अवैध र आपराधिक गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त प्रहरी परिचालन गनरिने भएको छ ।
नाक्चेलाग्ना नाका नेपाल चीन जोड्ने सबै भन्दा छोटो र सहज नाकाको रुपमा रहेको भएपनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन् । यद्यपी, विगतमा हरेक वर्षको भाद्र महिनामा पनि यो नाका करीब दुईसाताका लागि खुल्ने गरेको थियो । तर, कोरोना महामारीको समयमा बन्द भएर लामो समय सम्म खुल्न नसकेको नाका गत वर्ष देखि फेरी सञ्चालनमा आउन थालेको हो । दुई साताका लागि नाका सञ्चालनमा आउने भएपछि चीन तर्फको ह्याँजीमार बजारमा हाटबजार समेत लाग्ने भएको छ ।
यद्यपी, नेपाल तर्फ सडक सञ्जालको अवस्था राम्रो नहँुदा स्थानियले हाट बजारमा किनेको सामान ल्याउन समेत ल्याउन समस्या भएको छ । स्थानियहरुले अहिले चौंरी, घोडा, याक, भेडाबाट सामान ढुवानि गर्ने गरेका छन् । ह्याँजीमारमा सञ्चालन हुने हाटबजार भने कम्तीमा पनि ३ देखि ६ महिनाको लागि सञ्चालन गर्न नेपाल सरकारले पहल गरिदिए राम्रो हुने त्यहाँका स्थानिय जनप्रतिनिधीहरुले बताएका छन् ।
उक्त हाटबजारबाट मुगु, जुम्ला तथा हुम्लाका नागरिकले आफूहरूलाई वर्षभरि चाहिने मैदा , चामल, नुन, तेल छुर्पी, घिउ, विद्युतीय सामाग्री, जस्ता,पाता, सिमेन्ट लगायतका निर्माण सामाग्री मिठाई, पेय पदार्थ, लत्ता कपडा, घरायसी सामग्री किनमेल गर्ने गर्दछन् । साथ स्थानिय व्यापारीले नेपाल बाट , जडीबुटी , यार्सा, काठका लौरी ,स्याउ, आरु, चुली लगाएथका फलफुल तरकारी लगायतका सामाग्रीहरु चिनियाँ व्यापारी पक्ष सँग सामानमै साट्ने तथा बेच्ने गर्दछन् ।
मुगुका स्थानिय ब्यापारी च्यावा लामाका अनुसार यो नाका वर्षको एक पटक मात्र खोलिने गरिन्छ । तर, कम्तीमा ३ देखी ६ महिनासम्म नाका सन्चालनमा आए पछि निकै राहात हुने उनको भनाई छ । अहिले स्थानिय व्यापारीले रसुवा नाका बाट काठमाडौ, नेपालगंन्ज हँुदै सुर्खेत हुँदै मुगुमा चर्काे मुल्य हाले सामान आयात गरिरहेको उनले बताए ।
मुगुको सदरमुकाम गमगढी देखि नाक्चेलाना नाका जोड्ने ८७ किमी लामो सडक विस २०६३ सालदेखि निर्माण सुरु भएको भए पनि हाल सम्म १७ किलोमिटर मात्र ट्रयाक खोलिएको छ । यसका लागि हाल सम्म करीब १८ करोड रुपैयाँ खर्च भइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal