आज :

इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैठौँ मुख्यमन्त्रीमा नियुक्त, शपथ ग्रहण सम्पन्न

  • अनलाइन डबली

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका हुन् । बानियाँ बागमती प्रदेशका छैठौँ मुख्यमन्त्री हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापति समेत रहेका बानियाँले सोमबार नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनमा सरकार गठनको दाबी पेस गरेका थिए। ११० सदस्यीय प्रदेशसभामा यी दुई दलका कुल ६४ सांसदहरूको समर्थन रहेको छ।

मकवानपुर निवासी बानियाँभन्दा अगाडि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको नेतृत्व गरिसकेका छन्।

मुख्यमन्त्री बानियाँले चाँडै नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal