काठमाडौँ ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्द आदेश भएको छ। तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि पक्राउ परेका प्रसाईंलाई उच्च अदालत पाटनले बैंकिङ कसूरसहितको मुद्दामा २८ लाख धरौटीमा छाड्द आदेश दिएको हो।
‘प्रतिवादी दुर्गा प्रसाद प्रसाईबाट रु.२५,००,०००।- (अक्षेरुपी पच्चिस लाख रुपैयाँ) नगद धरौंट वा बैंक जमानत दिए लिई मुद्दाको पूर्पक्षका लागि तारेखमा राख्नुहोला। मागबमोजिमको नगद धरौट वा जुमानत दिन नसके नियमानुसारको सिदा खान पाउने गरी सोही ऐनको दफा ८० बमोजिम थुनुवा पूर्जी दिई प्रतिवादीलाई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाई दिने गरी यो आदेश पर्चा गरिदिएको छ,’ आदेशमा उल्लेख छ।



अनलाइन डबली



