आज :

सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगति सन्तोषजनक छैन : मुख्यमन्त्री सिंह

  • अनलाइन डबली

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, भौतिक पूर्वाधारमन्त्री सरोज कुमार यादव, उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवसहितको टोलीले खुर्कोटस्थित सुनकोशी मरिन डाइभर्सनको स्थलगत अनुगमन गरेका छन् ।

मधेश प्रदेशका लागि अति आवश्यक मानिएको राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगती, संरचना र बाँकी कामहरुका बारेमा मुख्यमन्त्री सिंहले आयोजनाका पदाधिकारीहरुसंग कुराकानी गर्नुका साथै छलफल समेत गरेका छन् ।

सो क्रममा आयोजनाको सिनियर डिभिजनल ईन्जिनियर अशोस राज गौतमले आयोजनमा बाँकी कामहरुको विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

उनले दिएको जानकारी अनुसार एक चरणको टनेल निर्माणको कार्य पूरा भइसकेको छ । तर बाँकी रहेको दुई चरणको कार्यप्रगती जम्मा १० प्रतिसत मात्र रहेको छ । जबकी ठेक्का लागेको ५० प्रतिसत समय बितिसकेको छ । यसअनुसार समयमै आयोजना सम्पन्न हुन नसक्ने उनले बताए ।

अनुगमन पश्चात मुख्यमन्त्री सिंहले मधेश प्रदेशको सिचाईका लागि कोशे ढुंगा साबित हुन सक्ने बताए । उनले सम्पूर्ण कार्यप्रगती असन्तोष जनक रहेको धारणा राखे । अनुगमन पश्चात देखिएको समस्याहरुलाई बुँदागत टिपोट गरी रिर्पोट बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने र ध्यानाकर्षणसमेत गराउने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal