आज :

सिन्धुलीको जाँते खोलाको गुफाभित्र महादेव मन्दिर, प्रचारको अभावमा ओझेलमा

  • अनलाइन डबली

रामेछाप । सिन्धुलीको तिनपाटन गाउँपालिका–५ स्थित जाँते खोलाको माथिल्लो भेगमा रहेको प्राकृतिक गुफाभित्रको महादेव मन्दिर प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ ।

स्थानीय गोठालाहरूले २०४० सालतिर गाईहरू एकै ठाउँमा बस्न चाहनुको कारण खोज्दा फेला पारेको यो गुफा धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त स्थानका रूपमा चिनिन्छ ।

स्थानीय भरत राउतका अनुसार – गुफाभित्र गोठालाहरूले शिवलिंग, गणेशको मूर्ति, पापद्वार र धर्मद्वार देखेपछि सो स्थानमा पूजापाठ गर्न थालिएको हो । विशेषतः शिवलिंगमाथि गाईको थुन जस्तो अकृतिबाट निरन्तर पानी चुहिरहने दृश्यले सो स्थललाई अझै रमणिय बनाएको छ ।

वडा अध्यक्ष गोविन्द राउतले जानकारी दिएअनुसार यो स्थल धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यले भरिएको छ । रानी दह झरना, राजा दह र अन्य साना–ठूला दह तथा झरनाहरूले यो क्षेत्रलाई थप आकर्षक बनाएका छन् । तर, राज्यको तर्फबाट अपेक्षित ध्यान नगएको र प्रवद्र्धन नहुँदा यो स्थान ओझेलमा परेको अध्यक्ष राउतको भनाइ छ ।

हाल झुगा सामुदायिक वनको अगुवाइमा मन्दिरसम्म पुग्न सिँढी निर्माणको काम भइरहेको छ । वडा कार्यालयको समन्वयमा विकट मार्गलाई सहज बनाउन सिँढी निर्माण कार्य अघि बढाइएको अध्यक्ष राउतले जानकारी दिए । उनका अनुसार वडाबाट मन्दिरसम्मको दूरी करिब ७ किलोमिटर रहेको छ ।

शिवरात्रिका दिन यहाँ मेला लाग्ने र भाकल गर्ने दिनमा स्थानीय श्रद्धालुको बाक्लो उपस्थिति रहने गरेको छ । आगामी दिनमा धार्मिक तथा प्राकृतिक पर्यटन प्रवद्र्धनका लागि वडाले विशेष प्राथमिकता दिँदै योजना बनाएको वडा अध्यक्ष राउतको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal