
काठमाडौं । आइतबार सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँ कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
उता, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटन गएको नेपाल सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ । जसअनुसार चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।
जबकी अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।