आज :

स्थापना भएको २८ वर्षसम्म शतप्रतिशत विद्यार्थी उत्कृष्ट

  • अनलाइन डबली

कीर्तिपुर, साउन १० गते । देशको शैक्षिक जगतलाई उज्यालो र उज्ज्वल पार्ने कीर्तिपुर नगरले विश्वस्तरमा प्रतिष्पर्धा गर्न सक्नै शैक्षिक जनशक्ति उत्पादन गर्न आवश्यक भएको शिक्षाविद्हरुले जोड दिनुभएको छ ।
उज्ज्वल शिशु निकेतन एकेडेमीको २८ औँ एसइई दीक्षान्त तथा अभिनन्दन कार्यक्रममा शिक्षाविद्हरुले सो धारणा राख्नुहुँदै देश विकासको लागि अहिले उद्यमशिलता जरुरी रहेको औँल्याउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका प्राडा भवेश्वर पंगेनीले कीर्तिपुर नगरका चोभार जलविनायकस्थान, चिलन्चो, मच्छेगाउँ लिच्छवीकालदेखि शिक्षा आर्जन गर्ने ऐतिहासिक स्थल भएको चर्चा गर्नुहुँदै सोही अनुसार विकासित पार्न आवश्यक भएको बताउनुभयो ।
यस्तै, त्रिभुवन विश्वविद्यालयका प्राडा धर्मराज डंगोलले विगतदेखि कीर्तिपुर क्षेत्रमा प्राणी तथा वनस्पतिको उद्गमस्थल भएको बताउनुहुँदै तिनीहरुको संरक्षणको लागि स्थानीय सरकारले अनुसन्धानको लागि अग्रसरता देखाउनुपर्छ, भन्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्राडा शिवशरण महर्जन, प्रधानाध्यापक दिलमान महर्जनले विद्यार्थीहरुको शैक्षिक उन्नयनको लागि बधाई दिनुभयो ।
प्रमुख अतिथि प्राडा पंगेनी, प्राज्ञ रामकृष्ण दुवाल, शिक्षा सेवा आयोगका पूर्व सदस्य नन्दकुमारी महर्जन र गोरखापत्र संस्थानका पूर्व सल्लाहकार सम्पादक उपेश महर्जनले संयुक्त रुपमा पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा ४८ जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । कीर्तिपुर क्षेत्रको उत्कष्ट शैक्षिक संस्थाको रुपमा उदय भएको यस उज्ज्वल शिशु निकेतन एकेडेमीले स्थापनाकालदेखि अहिलेसम्म निरन्तर रुपमा सय प्रतिशत उत्तीर्ण गराउन सफल रहेको बताइएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal