आज :

भ्रष्टाचार र कुशासनविरुद्ध क्रान्तिकारी युवा संघ नेपालको मोटरसाईकल र्‍याली

  • धनन्जय बुढा

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सहायक संगठन क्रान्तिकारी युवा संघ नेपालले भ्रष्टाचार र कुशासनविरुद्ध काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ ।

विहीबार पार्टी कार्यालय कुपण्डोलमा कार्यबाहक महासचिव सिपी गजुरेल ‘गौरव’ ले र्यालीको उद्घाटन गर्दै आफूहरुले जनयुद्धका बाँकी कार्यभार पूरा गर्न प्रतिबद्ध रहेकोसमेत बताएका छन् ।

पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली‘शुदर्शन’ले देशमा व्याप्त बेथिति, अन्याय अत्याचार र महङ्गी विरुद्ध आफ्नो पार्टीको युवा संघले संघर्ष चर्काउने विश्वास रहेको बताए ।

युवा संघका संयोजक सूर्य तिमल्सिना ‘जीवीत’ ले मोटरसाइकल र्याली भ्रष्टाचार र कुशासनविरुद्ध ‘आगोको झिल्को’ को संज्ञा दिए । ‘हाम्रो यो र्याली दलाल पुँजीवादी व्यवस्था र जनतका दुस्मनलाई खबरदारी हो, होसियार यसलाई हल्कारुपमा लिए भोलि कडा जवाफ दिनेछौं’, तिमल्सिनाले भने ।

र्याली पार्टी कार्यालय कुपण्डोलबाट सुरु भएर लगनखेल, कुलेश्वोर, कालिमाटी, बनस्थली हुँदै सिफल चौरमा गएर कोणसभामा परिणत भएको थियो । र्यालीमा युवाहरुलाई स्वदेशमा रोजगारी दे, भ्रष्टचारीलाई कारबाही गर, माहंगी नियन्त्रण गर, संघीय जनगणतन्त्र जिन्दावादलगायतका नाराहरु घन्किएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal