आज :

इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थी विरोध प्रदर्शनमा

  • अनलाइन डबली

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (इअसं) का विद्यार्थीहरुले आइतबार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेको विकेन्द्रीकरण र स्वायत्तताको निरन्तरता सुनिश्चित गरियोस् भन्ने माग राख्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

इन्जिनियरिङ अध्ययन संस्थानको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गरियोस् भन्ने नारासहित इअसंका विद्यार्थीहरु आन्दोलनमा उत्रिएको विद्यार्थीहरुले बताए ।

प्रदर्शनमा पुगेका विद्यार्थी कुशल कठायतले भने, ‘इन्जिजियरिङ अध्ययन संस्थानमा पढाइ ठप्प भएको १२ दिन भएको छ । यसले परीक्षा सर्ने जस्ता शैक्षिक अन्योल भएको छ । विकेन्द्रीकरणले आफ्नो अधिकारभित्र रहेर निर्णय गर्ने कुरालाई केन्द्रीकरण गर्दा शैक्षिक गुणस्तर खस्किने देखिन्छ ।’

यसैगरी अर्का विद्यार्थी उज्जल भुसालले स्वायत्त इअसं हुँदा समयमा नै परीक्षा हुने र गुणस्तरीय शिक्षा प्राप्त भइरहेको बताए ।

‘इन्जिनियरिङ अध्ययन संस्थान हाम्रो पहिचान हो । यो कसैको अनुमतिका बाँच्ने संस्थान होइन । हामी अधिकार माग्न आएका हौ । समयमा नै परीक्षा, भरपर्दो प्रशासन, गुणस्तरीय शिक्षा स्वायत्तताको कुरा गर्न आएका हौं,’उनले भने ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal