आज :

जनकपुरधाममा सात राजनितिक दलको विरोध प्रदर्शन सुरु

  • अनलाइन डबली

जनकपुर । जनकपुरधाममा सात राजनितिक दलको विरोध प्रदर्शन सुरु भएको छ ।

मधेश भवन अगाडि सडक अवरुद्ध गर्दै सात दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले विरोध प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै खारेज गर्नुपर्ने मागसहित प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले असंवैधानिक मुख्यमन्त्री चाहिँदैन, एमालेको झोले सभामुख चाहिँदैन, जंगली मुख्यमन्त्री राजिनामा दे लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन् ।

हिजो बेलुका मुख्मयन्त्री सरोज कुमार यादवले पदभार ग्रहण गरिरहेको बेला मधेश भवन अगाडि ७ दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले विरोध गरिरहेका थिए । सोही समयमा सुरक्षाकर्मीहरुले लाठी चार्ज गर्दा दर्जन बढी घाईते भएका थिए ।

सो घटना पश्चात ७ दलिय गठबन्धनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आज विहान ८ः३० बजेदेखि विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएका थिए ।

७ दलिय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा एस र नागरिक उन्मुक्ति पार्ट रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal