बर्दिया । मतदाता नामावलीमा नाम दर्ता गर्ने समयको अन्त्य हुने दिन नजिकिँदै गर्दा निर्वाचन कार्यालय बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड बढ्न थालेको छ । पछिल्लो एक हप्ता यता दैनिक २०० को हाराहारीमा मतदाता नामावलीमा नाम दर्ता भईरहेको छ ।
बर्दियामा गत असोज १० गते यता एक हजार पाँच सय ७२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालय बर्दियाका प्रमुख लालबहादुर मल्लले गत २० गते यता दैनिक मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढ्दै गएको बताए । निर्वाचन आयोगले टेलिकममा ब्याकटोनबाट सन्देश प्रशासरण गरेपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढेको उनले बताए ।
यस पटक मतदाता नामावलीमा नाम दर्ता गराउने युवाहरू स्वस्फुर्त रुपमा आएको पाईएको छ । निर्वाचन कार्यालय बर्दियाका अनुसार यस बर्ष कुनै राजनीतिक दल र स्थानीय निकायले मतदाताहरूलाई गाडीमा ल्याएका छैनन् ।
मतदाता नामावलीमा नाम दता गराउने समय तीन दिन मात्र बाँकी रहेको छ । अझैपनि बर्दिया जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउने युवाहरू धेरैनै छुटेका छन् । केही दिन अझै थप गर्नुपर्ने देखिएको छ ।
बर्दिया जिल्लामा असोज १० गते भन्दा अगाडि बर्दिया जिल्लामा पुरुष एक लाख ५६ हजार ९५, महिला एक लाख ६१ हजार दुई सय ३३ र अन्य छ जना गरी तीन लाख १७ हजार तीन सय ३४ जना मतदाता थिए । तुलनात्मक रुपमा बर्दिया जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या न्यून रहेको छ ।


अनलाइन डबली


