आज :

महिला अधिकारका लागि महिलाहरु नै लड्नुपर्छ : उपसभामुख

  • अनलाइन डबली

काठमाडौँं । उपसभामुख इन्दिरा राना मगरले महिलाका मुद्दाहरुमा महिलाले नै विरोध गर्ने गरेको बताएकी छिन् ।

२२१ औँ भानुजयन्तीका अवसरमा प्राध्यापक वन्दना मिश्र (मधु) को कृति, कविता संग्रह ‘अन्नप्रासन’ विमोचन समारोहमा बोल्दै उनले महिलाका मुद्दामा सबै एक हुनुपर्ने औंल्याइन् ।

‘हामी अधिकारको कुरा गछौँ, एकल महिलाको कुरा गर्छौ । अब कुरा गरेर मात्र नभइ महिला एक हुनपर्ने बेला आएको छ । महिलाहरुले आफ्नो अधिकारको लागि आफै लड्नुपर्ने र त्यो क्षमता आफैले वृद्धि गर्नुपर्छ,’ उनले भनिन् ।

‘सासु बुहारी मिलेर अघि बढ्दा पुरुषको नै चाँहिदैन जस्तो लाग्छ । महिलाहरु पीडित नै हुन पर्दैन् । त्यसैले हामी सबै एक हुनुपर्छ,’ उनले अगाडि भनिन्,‘ नेपालमा जन्मेपछि हरेकले नेपाली नागरिता पाउनैपर्छ । आमाकै नामबाट पनि नागरिता पाउने अहिलेको कानुन ठिक छ ।’

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal