
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन आज फिर्ता लिने भएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले आज संसदीय दलको बैठक बोलाएको छ, भने सरकारलाई दिएको समर्थन फिर्ता लिनको लागि औपचारिक निर्णय लिन लागेको हो ।
जसपा नेपालले यसअघि नै कार्यकारिणी समितिको बैठकमार्फत सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको छ। तर, यसको औपचारिक निर्णय लिनको लागि संसदीय दललाई निर्देश गरेको थियो । सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टीले भने सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नाउपा अहिले संसद्मा विपक्षी रो’ मा बस्न थालेको छ ।
जसपा नेपालले ओली सरकारलाई समर्थन गरेको भएपनि प्रदेशदेखि संघीय सरकारमा सहभागिता जनाएको छैन ।