आज :

“पाकिस्तान राजदूत छात्रवृत्ति वितरण समारोह” सम्पन्न , १ सय ९५ नेपाली विद्यार्थीलाई “राजदूत छात्रवृत्ति” प्रदान

  • अनलाइन डबली

काठमाडौ । मित्रराष्ट्र पाकिस्तानको नेपालस्थित राजदूतावासको आयोजना गरेको १३औं “पाकिस्तान राजदूत छात्रवृत्ति वितरण समारोह” सम्पन्न भएको छ। काठमाडौँमा भएको उक्त  समारोहमा देशभरका १ स्य २ विद्यालयबाट छानिएका १ सय ९५ जना मेधावी तथा जेहेन्दार नेपाली विद्यार्थीलाई “राजदूत छात्रवृत्ति” प्रदान गरिएको छ ।

सो अवसरमा नेपाल परिवार दलका अध्यक्ष तथा संघीय सांसद एकनाथ ढकाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भयो ।

यस अवसरमा अध्ययनमा सधैं उत्कृष्ट प्रदर्शन गर्दै आएका एक विद्यार्थीलाई विशेष सम्मानस्वरूप ल्यापटप पनि प्रदान गरिएको दूतावासले जनाएको छ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य ढकालले शिक्षा क्षेत्रको प्रवर्द्धनमा पाकिस्तानले प्रदान गर्दै आएको निरन्तर सहयोगप्रति प्रशंसा व्यक्त गर्दै नेपाल–पाकिस्तानबीचको सुमधुर सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे। उनले युवाहरूमाझ साझा दृष्टिकोणको विकास गर्न यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने उल्लेख गरे।

सो समारोहमा पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले कार्यक्रमलाई विद्यार्थीहरूको सफलताको उत्सवको रूपमा वर्णन गर्दै शिक्षा, खेलकुद र सामाजिक गतिविधिमार्फत नेपाली युवालाई प्रोत्साहित गर्नु दुई देशबीचको सहकार्यको महत्वपूर्ण अंश भएको उल्लेख गर्नुभयो ।

उनले नेपालका उच्च माध्यमिक तहका विद्यार्थीलाई समेत लक्षित गर्दै छात्रवृत्ति कार्यक्रमलाई अझ विस्तार गरिने जानकारी दिनुभयो ।

सन् २०१३ देखि सञ्चालनमा रहेको “राजदूत छात्रवृत्ति कार्यक्रम” नेपाली विद्यार्थीहरू माझ लोकप्रिय हुँदै गएको दूतावासले जनाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal